भुटानमा जारी तेस्रो संस्करणको साफ यू–१५ महिला च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो हार - Pahilo Online

भुटानमा जारी तेस्रो संस्करणको साफ यू–१५ महिला च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो हार

writer

भुटानमा जारी तेस्रो संस्करणको साफ यू–१५ महिला च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । थिम्पुमा शुक्रबार भएको खेलमा बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपालले लगातार हार व्यहोरेको हो । बंगलादेशलाई जित दिलाउन शाहिदा अख्तर र शामसुन्नहरले एक एक गोल गरिन् । नेपालकी अमिषा कार्कीले एक गोल फर्काईन् । पहिलो हाफमा २–० ले पछि परेको नेपालले दोस्रो हाफमा एक गोल फर्काएपनि हारबाट जोगिन सकेन् । खेलको १२ औं मिनेटमा शाहिदा अख्तर रिपाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । २५ औं मिनेटमा कप्तान शामसुन्नहरले पेनाल्टीमा गोल गर्दै बंगलादेशलाई २–० को अग्रता दिलाए ।

दोस्रो हाफको ६४ औं मिनेटमा अमिषाले एक फर्काएपनि त्यो गोल नेपालको लागि सान्त्वना गोल रह्यो । यो हारसँगै उपाधि जित्ने लक्ष्यसहित भुटान पुगेको नेपालको उपाधि होड लगभग सकिएको छ । २ खेलमा नेपालले अंक जोड्न सकेको छैन । अब नेपालले अन्तिम खेलमा आइतबार भुटानसँग खेल्नेछ । यसअघि पहिलो खेलमा नेपाल भारतसँग ४–१ गोल अन्तरले पराजित भएको थियो । बंगलादेशको भने यो लगातार दोस्रो जित हो । २ खेलमा ६ अंक जोडेको बंगलादेश फाइनल नजिक पुगेको छ । बंगलादेशले पहिलो खेलमा घरेलु टोली भुटानलाई २–० गोल अन्तरले हराएको थियो । राउण्ड रोबिनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes