१ लाख धनराशीको “साधानादेवी प्रहरी पराक्रम पुरस्कार” बाट ३ जना प्रहरी जवान पुरस्कृत - Pahilo Online

१ लाख धनराशीको “साधानादेवी प्रहरी पराक्रम पुरस्कार” बाट ३ जना प्रहरी जवान पुरस्कृत

writer

मोरङ । यस बर्षको १ लाख धनराशीको छैटौ“साधनादेवी प्रहरी पराक्रम पुरस्कार” ३ जना प्रहरी जवानलाई संयूक्त रुपमा प्रदान गरिएको छ। प्रदेश भरिबाट उत्कृष्ट कार्य गर्ने जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत प्रहरी जवान द्धय खेमनाथ भट्टराई, सुरेन्द्र माझी र जिल्ला प्रहरी कार्यालय ईलाममा कार्यरत मुकुन्द माझीलाई ६४ औ प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालयल बिराटनगरले पुरस्कृत गरेको हो।

प्रहरी जवान द्धय भट्टराई र माझिले अपराध कार्यमा संलग्न व्यक्तिहरुलाई पहिचान गरी पक्राउ गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्नुका साथै ध्वंसात्मक एवं अवाञ्छित गतिविधीमा संलग्न व्यक्तिहरुलाई अत्यन्त बहादुरी र पराक्रमका साथ कानूनी दायरामा ल्याउन बिषेश भुमिका निर्वाह गरेकोले र जवान मुकुन्द माझीले कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रही बाढी पहिरो जस्ता विपदको अवस्थामा अत्यन्त बहादुरीका साथ आफ्नो जिउ ज्यानको पर्वाह नगरी उद्धार कार्यमा निर्वाह गरेको भुमिकाले प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणमा नेपाल प्रहरी प्रति विश्वास अभिवृद्धि गर्ने तर्फ प्रसंशनिय कार्य गरेकोले उनीहरुको कामको उच्च मूल्याकन गर्दै प्रदेश प्रहरी कार्यालय बिराटनगरले यी ३ प्रहरीजवानलाई १ लाख धनरासीको साधनादेवि प्रहरीपराक्रम पुरस्कारले पुरस्कृत गरेको हो।

वर्षभरिमा उत्कृष्ठ ठहरिएका प्रहरीकर्मचारीहरुमध्येबाट साहसिक एवं चुनौतीपूर्ण कार्य गर्ने प्रहरीकर्मचारीलाई प्रत्येक वर्ष प्रहरी दिवशको अवसरमा पुरस्कारका संस्थापक प्रतिनिधीद्वारा नगद पुरस्कार प्रदान गर्ने गरी भएको सम्झौता अनुरुप ३ प्रहरी जवनालाई साधनादेवी प्रहरी पराक्रम पुरस्कार कोषका संस्थापक प्रा.डा. बिक्रम प्रसाद श्रेष्ठ र प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले सँयुक्त रुपमा १ लाखको चेक तथा प्रशंसा–पत्र समेत प्रदान गरेका थिए। पुरस्कार हस्तान्तरण गर्नु हुदै प्रनामनि ज्ञवालीले प्रहरी जवान तथा अधिकृतहरुको मनोबल उच्च राख्न यस साधना देबी पराक्रम पुरस्कारले महत्वपूर्ण भुमिका निर्बाह गर्ने बताउदै आफ्नी स्वर्गिय माता साधना देबी श्रेष्ठको नाममा बार्षिक रुपमा यसरी प्रदान गर्ने यो पुरस्कारका कोषका संस्थापक प्राध्यापक डा.बिक्रम प्रसाद श्रेष्ठलाई हार्दिक धन्यबाद दिएका थिए। सोही अवसरमा पुरस्कृत हुने जवानहरुलाई बधाई समेत दिएका थिए।

पुरस्कृत हुने प्रहरी जवानहरुले आफूबाट सम्पादित कार्यहरुको मुल्यांकन गर्दै उत्कृष्ट प्रहरीको रुपमा आफुलाई छनौट गरिएबाट संगठनले आफूलाई ठुलो सम्मान गरेको र यसले अझ बढी जिम्मेवार भएर आफ्नो दायित्व निर्वाह गर्न प्रेरणा मिलेको बताएका छन। स्वर्गियमाताको सम्झनामा प्रहरीको मनोबल बढाउने उदेश्यले यसरी पुरस्कृत गर्न पाएकोमा कोषका संस्थापक डा.बिक्रम श्रेष्ठले आफु लगायत आफ्नो परिवार खुसी भएको बताएका छन।साथै प्रहरी दिवशको अवसरमा साधनादेवी प्रहरी पराक्रम पुरस्कारका सँस्थापक प्रा.डा. विक्रम प्रसाद श्रेष्ठलाई प्रमुख अतिथी माननीय मुख्य मन्त्री शेरधन राईले दोसल्ला ओढाई सम्मान गरेका थिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes