६४ औं प्रहरी दिवस २०७६ भव्यताको साथ सम्पन्न - Pahilo Online

६४ औं प्रहरी दिवस २०७६ भव्यताको साथ सम्पन्न

दिवसको अवसरमा दिपावली, रक्तदान, सार्वजनिक स्थल सरसफाई, लगायतका कार्यक्रमहरुको आयोजना

writer

मोरङ । ६४ औ प्रहरी दिवश २०७६ भव्यताका साथ सम्पन्न भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले शुक्रबार अमर प्रहरीहरुलाई श्रद्धाञ्जली दिनुकाका साथै विबिध कार्यक्रमहरुको आयोजना गरी “६४ औं प्रहरी दिवश २०७६” मनाएको हो ।

प्रहरी दिवसको अवसरमा दिपावली, रक्तदान, सार्वजनिक स्थल सरसफाई, लगायतका कार्यक्रमहरुको आयोजना गरिएको थियो । प्रदेश प्रहरी तालिम केन्द्र रानीमा आयोजित विशेष कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि १ नम्बर प्रदेशका माननीय मुख्यमन्त्रीशेरधन राई , आन्तरिक मामिला तथा कानून मन्त्रीहिक्मत कार्की, प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली लगायतका उपस्थित महानुभावहरुले प्रदेश प्रहरी तालिम केन्द्रमा अवस्थित अमर प्रहरी स्मारकमा पुष्पहार तथा शोक सलामी अर्पण गर्दै सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथी १ नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राईले १ नम्बर प्रदेश अन्तरगत रहेका बिभिन्न प्रहरी कार्यालयहरुलाई आफ्नो अमूल्य जग्गा दान गर्नु हुने जग्गा दाताहरु ओखलढुंगाकीपद्म कुमारी थापा, सुनसरीका सनिचर महतो कोईरी र रामलाल महतो कोईरी, सुनसरीकै जसोदा राई, जसोदा देवी बस्नेत र निराहाङ राई , झापाका टेकनाथ उपाध्याय दाहाल र रत्न बहादुर श्रेष्ठ,मोरङका केशव सुवाल, नवराज बराल, सारदराज नेपाल, बासु बहादुर बस्नेत र छविलाल फुयाल र भोजपुरका लोकमणी नेपाललाई कदर पत्रले सम्मान गरेका थिए।

यसैगरी जिल्लामा शान्ति सुरक्षा अमनचयन कायम राख्न नेपाल प्रहरी संग सहकार्य गरीविभिन्न प्रहरी कार्यमा सहयोग पुर्याउनेकोशी गाँउपालिका ६ का भुवनेश्वर यादव र नारायण साह, ईन्टरनेट प्रदायक संस्था क्लासिक टेक बिराटनगर र आम नागरिकहरुलाई सुसुचित पार्न टेलिभिजन मार्फत प्रहरी अनुरोध कार्यक्रम प्रसारण गर्ने कार्यमा अतुलनिय योगदान पुर्याउनु भएका सुर्योदय टेलिभिजन बिर्तामोडका प्रमुख मनोज उप्रेतीलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो ।

त्यस्तै समुदाय प्रहरी साझेदारीकार्यक्रम कार्यान्वयनमा उत्कृष्ट कार्य गर्ने जिल्ला प्रहरी कार्यालय संखुवासभामा कार्यरत प्रहरी जवान बिमला चौहान, ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने अस्थायी जिल्ला ट्राफिक प्रहरी कार्यालय भोजपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रेम कुमार साह, उत्कृष्ठ प्रशासनिक कार्य गर्ने जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा कार्यरत प्रहरी सहायक निरीक्षक महेश थापा, उत्कृष्ठ अपराध अनुसन्धान तर्फ जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत प्रहरी सहायक निरीक्षक दुर्गा खनाल र उत्कृष्ठ प्रशिक्षकमा प्रदेश प्रहरी तालिम केन्द्र रानी, विराटनगरमा कार्यरत प्रहरी निरीक्षक प्रकाश जबेगुलाई पुरस्कृत गरिएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes