ताप्लेजुङ। ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका ६ थुम्वेदिनका १९ बर्षीय निरज खड्का जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन् । खड्काले १६ बर्षीया एक बालिकालाई २१ गते साँझ जबरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा २२ गते बिहान पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तेल्लोकले जनाएको छ । पक्राउ परेका खड्काको सम्बन्धमा थप अनुसन्धान भईरहेको पहरी कार्यालयले जनाएको छ ।