मोरङ । ईलाम र सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा लडेर २ जनाको मृत्यु भएको छ । ईलामको फाकफोकथुम गाउँपालिका ६ सिमसारा बस्ने ४४ बर्षीय सरिता राईको बारीको कान्लाबाट लडेर मृत्यु भएको हो । बुधवार राती ८ बजेको समयमा घर नजिकै बारीको कान्लाबाट लडेर मृत्यु भएको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय मंगलवारेबाट खटिएको प्रहरी टोलिले राईलाई मृत अवस्थामा फेला पारेको थियो । मृतक राईको कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागि जिल्ला अस्पताल ईलाम पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
यसैगरी सुनसरीको ईटहरी उपमहानगरपालिका ९ का ४५ बर्षीय कृष्ण कुमार चौधरीको आफ्नै घरको छतबाट लडेर मृत्यु भएको छ । आज बिहान पौने ६ बजेको समयमा आफ्नै ३ तले घरको छतबाट लडेका चौधरीको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । उक्त स्थानमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।