झापा । ईलामको नाम्सालिङ घरभई हाल झापाको बिर्तामोड नगरपालिका २ स्थित निधिस्कुल नजिकै उमागौतमको घरमा डेरा गरेर बस्ने वर्ष ५७ को रामलाल रिसाल को पिङ लगाउदा करेन्ट लागेर मृत्यु भएको छ । शनिबार साँझ ५ बजेको समयमा पिङथाप्नको लागी हरियो बाँस गाड्ने क्रममा हरियो बाँसले बिजुलीको तारमाछोई उनलाईकरेन्ट लागेको थियो । करेन्ट लागेर गम्भिर घाईते भएका उनलाई उपचार को लागि विर्तासिटि अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पुर्यारउनसाथ डाक्टरले मृतघोषणा गरेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।