डिजिटल प्रदेशका लागि क्यानसंग प्रदेश १ सरकार सहकार्यगर्न इच्छुक - Pahilo Online

डिजिटल प्रदेशका लागि क्यानसंग प्रदेश १ सरकार सहकार्यगर्न इच्छुक

writer

इटहरी । प्रदेश नं.१ सरकार डिजिटल प्रदेशका लागि क्यानसंग सहकार्य गर्न इच्छुक रहेको प्रदेश नं.१ का सामाजिक बिकास मन्त्रि जिवन घिमिरेले बताएका छन् । क्यान महासंघ सुनसरीको पदस्थापना तथा सुभकामना आदनप्रदान कार्यक्रममा बल्दै मन्त्रि घिमिरेले सो कुरा बताएका हुन् ।

मन्त्रि घिमिरेले १० बर्ष भित्र विद्यालयलाई किताब मुक्त बनाउने राजनैतिक घोषणा रहेकाले त्यसका लागि पनि क्यानको सहयोग आवश्यक पर्ने बताए । क्यान सुनसरीको १३ औँ साधारण सभा तथा ८ अधिबेसनबाट निर्वा्चित कार्यसमितिको पदस्थापना तथा बडा दशैं, शुभ दिपावलिको शुभकामना आदनप्रदान गर्न क्यान सुनसरीले शुक्रबार इटहरीमा कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा प्रदेश सभासद् लिलम बस्नेत, क्यान केन्द्रिय सदस्य ठाकुर कुमार श्रेष्ठ, क्यान प्रदेश १ का अध्यक्ष भबकृष्ण तिम्सिना, पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्कका लगायत क्यानसँग सम्बन्धित व्यक्तिहरुको उपस्थिती रहेका थियो । कार्यक्रममा बोल्दै क्यान महासंघ सुनसरीका नव निर्वचीत अध्यक्ष बिशाल बस्तोलाले क्यान महासंघ सुनसरी सरकारलाई सहयोग गर्न तयार रहेको बताए । आजको युगमा प्रबिधिबाट मात्र बिकास सम्भव रहेकाले सरकारले त्यसलाई आत्मसाथ गर्नु पर्ने बस्तोलाले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes