नोबेल मिस्टर एण्ड मिस थारु’ को उपाधि अमन र अंकिता चौधरीलाई - Pahilo Online

नोबेल मिस्टर एण्ड मिस थारु’ को उपाधि अमन र अंकिता चौधरीलाई

writer

विराटनगर । नोबेल मेडिकल कलेज तथा टिचिङ्ग हस्पिटल बिराटनगरको प्रायोजनमा भएको नोबेल मिस्टर एण्ड मिस थारुको उपाधि अमन चौधरी र अंकिता चौधरी पाएका छन् । थारु कला केन्द्र बिराटनगरले आयोजना ग्राण्ड फिनालेमा अमनले १० जना पुरुष र अंकिताले २० महिला प्रतिष्प्रधिलाई पछी पार्दै उपाधि जितेको हो । त्यसै गरि फस्ट रनर अप पुरुष तर्फ करण चौधरी र महिला तर्फ रेसिका चौधरी र सेकेन्ड रनर अप पारस चौधरी र सोनम चौधरीले उपाधि जितेका छन् ।

उपाधि पाउने बिजेतालाई क्रमशस् ५०, ५० हजार, फस्ट रनर अपलाई ३०, ३० हजार र सेकेन्ड रनर अपलाई २०, २० हजार नगद पुरस्कारको नोबेल मेडिकल कलेजका प्रबन्ध नारायण प्रसाद दाहालले वितरण गरे । नोबेल मिस्टर एण्ड मिस थारु आइकन उपाधि पाउने अमन र अंकितले प्रवासी पूर्वेली थारु समाज युएई र थाकस युएईको तर्फ बाट १ हप्ता दुबई भ्रमण गर्न पाउने छन । ज्योति लाईफ इन्सुरेन्स कम्पनी लिमिटेडल बिराटनगर र इटहरी शाखाले तर्फ बाट बिजयी ६ जनालाई १०, १० लाख बराबर आकष्मिक दुर्घटना जीवन बिमा ५ वर्षको लागि ब्यबस्था गरेको छ ।

कार्यक्रमा मुख्य निर्णायकमा मिस नेपाल इन्टरनेसनल २०१७ का बिजेता बर्षा लेखि, मिस्टर थारु नेपाल २०१७ का बिजेता तथा मिस्टर नेपाल ALTITUDE MEN इनटरनेशनल २०१८ तथा मिस्टर नेपाल फोटजेनिक २०१८ का चन्दन चौधरी, मिस पुर्वे्िल सुपर मोडेल २०१४, टिकटक क्विन तथा एक्ट्रेस रेश्मा घिमिरे र स्त्री रोग बिशेष डा. बालकृष्ण साहले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

पुर्व उपप्रधान तथा गृह मन्त्री एवम प्रतिनिधि सभा सदस्य माननीय बिजय कुमार गच्छदारले ग्रान्ड फिनालेको उद्घाटन गर्दै थारु युवायुवतीहरु निकै सोझो र इमान्दारिताको प्रतिमुर्ती भएकोले अब थारु समुदाय अगाडी बढेको देख्दा हर्षित हुँदै यस किसिमको कार्यक्रमलाई सम्पूर्ण थारु संघसंस्थाले साथ दिनु पर्ने बताएका थिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes