व्यक्तिगत खर्चमा नगरप्रमुख र वडाध्यक्षले सडक बनाए - Pahilo Online

व्यक्तिगत खर्चमा नगरप्रमुख र वडाध्यक्षले सडक बनाए

writer

Santosh Khaling Rai

संखुवासभा । पाँचखपन नगरपालिकाका प्रमुख र वडाध्यक्षले व्यक्तिगत लगानीमा वर्षाका कारण बिग्रको सडक मर्मत गरेका छन्। पाँचखपन नगरपालिका प्रमुख विपिन राई र वडा नम्बर १ का वडाध्यक्ष टेकबहादुर बुढाथोकीले व्यक्तिगत खर्चमा सडक मर्मत गरेका छन्। बर्षाले सडक अवरुद्ध हुँदा दशैंमा आवतजावतका गर्न असहज भइरहेको बेला जनप्रतिनिधिले आफ्नै खर्चमा सडक मर्मत गरेका छन्। जनप्रतिनिधिले नगर भित्रका मूख्य सडक मर्मत गरेको वडाध्यक्ष टेकबहादुर बुढाथोकीले बताए। उनीहरूले दशैं खर्च कटाएर दशैंमा आवतजावत गर्न स्थानीयका लागि सहज बनाउन सडक मर्मत गरेका हुन्।

शुक्रबारदेखि भ्याकुलोडर प्रयोग गरेर सडक मर्मत सुरु गरिएको प्रमुख विपिन राईले जानकारी दिए। शुक्रबार बडहरेनी–वाना, वाना(बिहिबारे, बिहिबारे(चुङखुरुङ सडकखण्ड मर्मत गरिएको उनले बताए। शनिबार चैनपुर-बाह्रबिसे सडकखण्ड अन्तर्गतको वाना(ओक्तेन सडक मर्मत गरिने प्रमुख राईले बताए। लगातारको वर्षाले जिल्लाका विभिन्न स्थान जोड्ने सडक पहिरोले अवरुद्ध छन्। वर्षाले सडक भत्किएका पछि सवारीसाधन आवागमनमा समस्या भएको थियो। सडक मर्मतका लागि करिब दुई लाख बढी खर्च वडाश्यक्ष बहादुर बुढाथोकीले बताए।

पाँचखपन नगरपालिका प्रवेशद्बारका रुपमा रहेको हेँवा खोलामा पक्की पुल अभावका कारण दशैंमा घर फर्कनेलाई समस्या भएको छ। खाँदबारी नगरपालिका अन्तर्गतको खाँदबारी बडहरेनी सडक मर्मत नगरेका कारणले पाँचखपन नगरबासीलाई आवतजावतमा समस्या भएको राईले बताए। यी सडकखण्डहरुमा पुल निर्माण र सडक मर्मत हुनेहो भने पाँचखपनमा बाह्रै महिना सवारी सञ्चालनमा आउने राईले बताए। तर आफ्नो नगरपालिकाभित्र मात्रै सडक राम्रो भए पनि नगरपालिका प्रवेश गर्ने सडकहरू छिमेकी नगरपालिकाले मर्मत नगरिदिँदा समस्या भएको राईको गुनासो छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes