पाँचथरको याङवरकमा विपन्न र सडक बालबालिकाका लागि आवासीय विद्यालय स्थापना - Pahilo Online

पाँचथरको याङवरकमा विपन्न र सडक बालबालिकाका लागि आवासीय विद्यालय स्थापना

writer

असोज १७
पाँचथर । पाँचथरको याङवरक गाउँपालिकाले दुर्गम क्षेत्रका विपन्न तथा सडक बालबालिका लाई लक्ष्यित गरी आवाशीय विद्यालय सञ्चालनमा ल्याउने भएको छ । गाँउपालिकाको वडा नं १ च्याङथापूमा रहेको विष्णु माध्यमिक विद्यालयमा आवासीय विद्यालय सञ्चालन गर्न लागिएको हो । गाउँपालिकाले विष्णु माविकै छेउमा एक घर भाडामा लिई विद्यार्थीलाई आवासको व्यवस्था गरेको छ । आवाशमा विद्यार्थीका लागि आवश्यक सम्पूर्ण सामग्रीको तर्जुमा गाँउपालिका स्वयंले गरेको छ । तिहारको आसपासमा उक्त आवासीय कक्षा उद्घाटन गरी सञ्चालनमा ल्याउने तयारी गरिएको याङवरक गाउँपालिकाकी उपाध्यक्ष कमलकुमारी योङहाङले जानकारी दिए ।

कक्षा १ देखि ५ सम्म सञ्चालन हुने आवासीय कक्षामा तीन प्रकारका विद्यार्थीले आवास र सम्पूर्ण प्रबन्धसहितको शिक्षा प्राप्त गर्नेछन् । गाउँपालिकाले पहिलो प्राथमिकतामा यहाँका दुर्गम बस्तीका बालबालिकालाई राखेको छ । जसअनुुसार याङवरक गाउँपालिका–२ बर्मेका पाँच बालबालिका उक्त आवासमा रहनेछन् । मानव बस्तीबाट आठ घण्टाको पैदल दूरीमा रहेको २५ परिवार रहेको यस बस्तीमा तिम्बुपोखरी आधारभूत विद्यालय सञ्चालनमा छ ।

यस्तै गत असार १० गते पहिरो गई घरपरिवार विस्थापित भएका याङवरक गाउँपालिका–२ चिङ्मा बस्तीका तीन बालबालिकासमेत आवासीय विद्यालयमा रहने भएका छन् । उनीहरु त्यहाँ रहेको कृष्ण आधारभूत विद्यालयमा अध्ययनरत थिए । पहिरोले उक्त वस्ती प्रभावित छ । यस्तै निकै दुर्गम मानिएको अर्को बस्ती खर्कगाँउका छ विद्यार्थी पनि आवासमा रहने भएका छन् । याङवरक गाउँपालिका– १ मा पर्ने उक्त स्थानमा जनचेतना आधारभूत विद्यालय सञ्चालनमा थियो । यी तीन वटै विद्यालयमा अब बालविकास केन्द्र सञ्चालन हुने याङवरक गाउँपालिकाको शिक्षा विकास एकाइका प्रमुख रामप्रसाद ढकालले जानकारी दिए ।

आवासीय विद्यालयमा गाँउपालिकाभित्र जन्मेका सडक बालबालिकालाई आवाससहित पठनपाठन गराउने तयारी गरिएको छ । सहाराविहीन सडक बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गर्न उनीहरुको आधारभूत शिक्षाको सम्पूर्ण जिम्मेवारी गाउँपालिकाले लिने भएको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes