ताप्लेजुङले चालू आर्थिक वर्षमा अलैँची जोनका लागि २ करोड १८ लाखको कार्यक्रम - Pahilo Online

ताप्लेजुङले चालू आर्थिक वर्षमा अलैँची जोनका लागि २ करोड १८ लाखको कार्यक्रम

writer


असोज १७
ताप्लेजुङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत अलैँची जोन परियोजना कार्यान्वयन एकाइ ताप्लेजुङले चालू आर्थिक वर्षका लागि २ करोड १८ लाख २४ हजारबराबरको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । अलैँची जोन परियोजना कार्यान्वयन एकाइले चालू आवका लागि १ करोड ५८ लाख ४५ हजार कार्यक्रम सञ्चालन खर्च र ५९ लाख ७९ हजार रुपैयाँ प्रशासनिक, कार्यालय सञ्चालन, तलब तथा भत्ता शीर्षकमा खर्च गर्ने भएको हो ।

अलैँची जोन ताप्लेजुङका निमित्त कार्यालय प्रमुख करण श्रेष्ठले कम्तिमा ३० हजारदेखि बढीमा ६४ लाखसम्मका योजना तय गरिएका छन् । जोनले सबैभन्दा बढी सुधारिएको आधुनिक भट्टी निर्माणमा दिइने अनुदानका लागि ६४ लाख २० हजार रकम खर्च गर्ने भएको हो । ‘हामीले बजार प्रवद्र्धन र बगान व्यवस्थापनसम्मका कार्यक्रम समावेश गरेर पठाएको थियौँ,’ अलैँची जोन ताप्लेजुङका संयोजक दिनेश अधिकारीले भने, ‘केन्द्रले हाम्रो सिफारिसभन्दा पृथक् कार्यक्रम पठाएछ ।’

यस्तै, प्रांगारिक मल तथा जैविक मल उत्पादन तथा प्रदर्शन, माटो तथा बाली संरक्षण शिविर, जोनलक्षित बालीको बजारीकरणका लागि विपत् वा अन्य कारणले संस्थालाई दिइने अनुदान, उच्च प्रविधि नर्सरी स्थापना अनुदान, अलैँचीसहित स्थानीय कृषिजन्य बाली उत्पादन सामग्रीको कोसेली घर स्थापनामा सहयोग र प्रतिफलमा आधारित प्रोत्साहन कार्यक्रम चालू आवका सञ्चालन हुने भएका छन् । ताप्लेजुङका ६१ वटा वडामध्ये फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाबाहेक अरू ६० वटा वडामा अलैँची उत्पादन गरेको तथ्यांकले देखाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes