मन्त्रालयमा कार्यरत एक कर्पचारीले सुसाइड नोट लेखेर गरे आत्महत्या - Pahilo Online

मन्त्रालयमा कार्यरत एक कर्पचारीले सुसाइड नोट लेखेर गरे आत्महत्या

writer

असोज १७

मोरङ । सुनसरी इनरुवा स्थायी घर भएका प्रदेश १ सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय विराटनगरमा कार्यरत एक कर्मचारीले सप्तकोशी नदीमा हाम्फालेर आत्महत्या गरेका छन् । बुधबार साँझ अन्दाजी ४० वर्षीय राजेशकुमार साहले आत्महत्या गरेका हुन् ।
उनले आत्महत्याको कारण आफ्ना दुई साथीलाई दिएका छन् । नापी सर्भेयर पदमा कार्यरत शाहले इनरुवामा साझेदारीमा प्लाइउड फ्याक्ट्री चलाइरहेका थिए । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माका अनुसार सुसाइड नोटमा नजिकका साथीका कारण आत्महत्या गरेको उल्लेख भएको बताए ।

उनको सुसाइड नोट भेटिएको छ’ शर्माले भने, ‘मोटरसाइकलमा भेटिएको सुसाइड नोटमा दुईजना सहयोगी साथीका कारण आत्महत्या गरेको लेखिएको छ ।’ प्रहरीले उनका साझेदारको नाम भने सार्वजनिक गरेको छैन । उल्लेख व्यावसायमा खटपट आएकोले शाहले आत्महत्या गरको हुनसक्ने प्रहरीको प्रारम्भिक शंका छ ।

मृतकका आफन्तले प्रहरीमा जाहेरी दिएका छैनन् । बुधबार साँझ कोशी ब्यारेज पुलमा को २२ प ६९६५ नम्बरको मोटरसाइकमा परिचय पत्र र सुसाइड नोट छोडेर शाहले आत्महत्या गरेका थिए । आफन्तले साहको शव बुझेर बिहीबार नै दाहसंस्कार गरेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes