जामुनखाडी चोकमा मोटरसाईकल दुर्घटना हुँदा १ को मृत्यु २ घाईते - Pahilo Online

जामुनखाडी चोकमा मोटरसाईकल दुर्घटना हुँदा १ को मृत्यु २ घाईते

writer

झापा । झापाको कन्काई नगरपालिका १ जामुनखाडी चोकमा भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । बिहिवार बेलुका साँढे ६ बजे पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको को ३४ प ७९०४ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट जाँदै गरेको को ३३ प १०५० नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा ७९०४ नम्बरका मोटरसाईकल चालक धरान १३ का १८ बर्षीय अजिव राई र पछाडी सवार रहेका २२ बर्षीय सबिन राई तथा १०५० नम्बरका मोटरसाईकल चालक बिराटनगर ७ का ४५ बर्षीय डम्बर बहादुर खड्का घाईते भएका थिए । घाईते ३ जनालाई नै उपचारको लागि बिर्तामोडको बि.एण्ड.सी. अस्पताल लैजाने क्रममा ७९०४ नम्बरका मोटरसाईकल चालक अजिव राईको बाटोमा नै मृत्यु भएको हो । घाईते २ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ भने दुवै मोटरसाईकल चालक ईलाका प्रहरी कार्यालय सुरुङगाको नियन्त्रणमा रहेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes