झापाको बिर्तामोड नगरपालिका १ मा रहेको स्टिल फ्याक्ट्रीका कामदारको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहिबार पौने १२ बजेको समयमा फ्याक्ट्रीमा काम गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका भारत सिलगुडी स्थायी ठेगाना भएका ३२ बर्षीय काजी दासको झापाको बि.एण्ड.सी. अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।