सुनसरी । इनरुवा बजारको एक जुवाखालमा मंगलबार साँझ सुनसरी प्रहरीले छापा मारेको छ । चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु गरे लगत्तै सुराकीको आधारमा इनरुवा–१ स्थित किरण सुवेदीको घरमा लामो सञ्चालित रहेको जुवाखालमा जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले छापा मारेको हो ।
प्रहरीको निगरानीमा रहेको जुवाखालबाट खालका सञ्चालक किरण सुवेदीसहित आठ जना जुवाडेहरुलाई १ लाख ५ हजार नगदसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा कुमार सुवेदी, शंकर यादव, मुकेश यादव, अशोक कर्ण, विरेन्द्र चौधरी भोर, बिनित भगत, सन्तोष भगत रहेका छन् ।
चाँडवार्डको मौका छोपेर जुवाजन्य खेल हुन थालेको सूचना प्राप्त भएपछि इनरुवा तथा आसपासका क्षेत्रहरुमा प्रहरीले सादा पोशाक तथा मोवाईल टोली परिचालन गरी विशेष निगरानी गरिरहेको छ । प्रहरीले छापा मारे लगत्तै जुवाखालबाट ठूलो रकम जोगाउन भाग्नेक्रममा एक जुवाडेको छतबाट हाम्फाल्दा खुट्टा भाच्चिएको र अर्का जुवाडेसमेत सख्त घाईते भएको स्थानीयहरुले बताएका छन् । भाग्नेहरुले ठूलो रकम लिएर गएको उनीहरुको आशंका छ ।