झापा । झापा क्षेत्र नं ५ मा बन्ने भनिएको ‘चाइना–नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्क’ को शिलान्यास गर्ने निर्धारीत कार्यक्रम दसैँ तिहार सकिएपछि गर्ने भनि स्थगित भएको छ । प्रधानमन्त्री ओलीले असोज १६ गते बिहीबार पार्क शिलान्यास गर्ने कार्यक्रम तय भएको थियो ।
दसैँ तिहारको रौनक सकिएपछि मात्र कार्यक्रम गर्ने पुनः निर्णय भएकाले उक्त शिलान्यास तथा मावा खोलामा बनेको पुल उदघाटन कार्यक्रम स्थगित गरिएको नेकपा झापाका अध्यक्ष चिन्तन पाठकले जानकारी दिएका छन् ।