नगरपालिका परिसरको पशुपंक्षीका दाना पसल अनुगमन् - Pahilo Online

नगरपालिका परिसरको पशुपंक्षीका दाना पसल अनुगमन्

writer

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाको पशुपंक्षी शाखाले बुधबार वडा नम्वर १ स्थित पथरी बजार र आसपास क्षेत्रका पशुपंक्षीका ८ वटा दाना पसल अनुगमन् गरेको छ । पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालको अगुवाईमा प्रहरी सहितको टोलीले ८ वटा दाना पसलमा अनुगमन् गरी केही पसलहरुका लागि थप व्यवस्थित रुपमा सञ्चालनका लागि सुझाव दिएको छ ।

दशैंको मौका छोपेर उपभोक्ता ठगिने गतिविधि हुनसक्ने अवस्थालाई मध्यनजर गरेर पसलहरु अनुगमन्को अभियान सञ्चालन गरिएको शाखा प्रमुख दहालले जनाए । यसअघि टोलीले पथरी बजारका मासु, भेटेरीनरी पसलहरु समेत अनुगमन् गरेको थियो ।

उता, २ नम्वर वडा कार्यालयको आयोजनामा वडाका ३० जना अगुवा कृषकका लागि प्राङगारिक खेती सम्वन्धी १ दिने चेतनामूलक गोष्ठी सम्पन्न भएको छ । वडाध्यक्ष यामप्रसाद गुरागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उचित जैविक उद्योगका संस्थापक एवम् प्राविधिक किशोरचन्द्र महर्जनले सहजिकरण गरेका थिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes