कानेपोखरीबाट लघुवित्तका कर्मचारीको मोटरसाइकल र नगद लुटियो - Pahilo Online

कानेपोखरीबाट लघुवित्तका कर्मचारीको मोटरसाइकल र नगद लुटियो

writer

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका–७ प्रगति टोलस्थित भित्री सडक खण्डमा बुधबार बिहान जीवन विकास लघुवित्तका कर्मचारीबाट मोटरसाइकल र नगद लुटिएको छ । रकम संकलनमा खटिएका संस्थाको रमाईलो शाखामा कार्यरत जुनियर सहायक मोरङको रतुवामाई नगरपालिका–३ का जयकिसन गनगाईंमाथि लुटपाट भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मीराज अधिकारीले बताए ।

एक ठाउँबाट अर्को ठाउँमा कलेक्सनका लागि जाने क्रममा कर्मचारी लुटिएको प्रहरीको भनाइ छ । लुटपाटमा संलग्नले को ३४ प ४९७ नम्बरको मोटरसाइकल र गनगाईंले उठाएको एक लाख १७ हजार तीन सय ६० रुपैयाँ नगद लगेको अधिकारीको भनाइ छ । उनकाअनुसार पैसा उठाउन जाने क्रममा जंगलको बाटोमा माक्स लगाएर बसेका दुई जना अपरिचित व्यक्तिहरुले घटना गराएको खुलेको छ । डीएसपी अधिकारीले लुटिएको खवर प्राप्त हुन साथ परिचालित प्रहरी टोलीले आधा घण्टापछि मोटरसाइकल भने घटनास्थलबाट दुई किलोमिटर उत्तरमा फेला पारेको जानकारी दिए ।

मोटरसाइकलको आधारमा पक्राउ परिने भएकाले लुटपाटमा संलग्नहरु अलिमाथि छाडेर भागेको हुन सक्ने प्रहरीको भनाइ छ । ‘घटनामा संलग्नको पहिचान हुन सकेको छैन,’ अधिकारीले भने, ‘नजिकै घना जंगल रहेका कारण त्यतैतिर भागेको हुन सक्ने आशंकामा जंगल सिल गरेर खोजी तीव्र पारिएको छ ।’

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes