अर्पना केशी,
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे वडा नं ८ नेपाली काङग्रेस वडा समितीले आज विजया दशमी, शुभ दिपावली तथा छैट पर्वको अवसरमा शुभकामना आदन प्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा आगलागी पिडित कैलास गुप्ता को परिवारको लागि उपस्थितहरुबाट सहयोग संकलन गरी प्रमुख अतिथि नेपाली काङग्रेस क्षेत्रीय महा सचिव बसन्त भट्टरार्ईलाई हस्तान्तरण गरेका थिए।
शुभकामना आदन प्रदान कार्यक्रमका प्रमुख अतिथी भट्टरार्ईले नेपाली काङग्रेस सधै जनताको हितमा काम गदै आएको बताएकाछन् । उनले अहिलेको नेकपाको सरकारले जनतालाई करको भार थोपरेको बताएकाछन् । अहिले सम्म नेकपाको सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाएकाछन् । जनताले अब कुन बाटो जाने हो भनेर बाटो पहिल्याउनु पर्ने बताउदै सम्पुर्ण नेपाली जनताहरुलाई दशै तिहार छटको शुभकामना दिएकाछन् ।
यसै गरी शुभकामना आदन प्रदान कार्यक्रमका विशिष्ट अतिथी वडा नं ८ का अध्यक्ष बाबुराम दाहालले नेपाली काङग्रेसले प्रतिपक्षमा रहेर पनि नेकपाको सरकारलाई घच्घच्याउने काम गरेको बताएकाछन् । उनले प्रत्रकारहरुलाई पनि समचार सम्प्रेसण गर्न कुन्ठीत बनाएको हुनाले यसमा पनि नेपाली काङग्रेसले आवाज उठाउदै आएको बताएकाछन ।
शुभकामना आदन प्रदान कार्यक्रममा अतिथी प्रशुराम कार्की, मुर्ति भट्टरार्ई, रणसिंह राई, दिलीप खड्का, राजेन्द्र राई लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम खेम बहादु खड्काको सभापतित्वमा सम्पन्न भएको थियो भने संचालन सुवास दाहालले गरेका थिए ।