पथरीशनिश्चरे । सुनाखरी युवा क्लव पथरीशनिश्चरेको आयोजनामा दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिता आगामी असोज २९ गते बाट सुरु हुने आज(बुधबार) सिन भिलेज पार्टी प्यालेसमा आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लवले जानकारी गराएको छ।
असोज २९ देखी कात्र्तिक ६ गतेसम्म सञ्चालन हुने प्रतियागितामा आयोजक सुनाखरी फुटबल क्लव पथरी, यासोक फुटबल क्लव उर्लाबारी, एपिएफ फुटबल क्लव केर्खा, लेटाङ फुटबल क्लव लेटाङ, पञ्चायन फुटबल क्लव (पिएफसी) सुनसरी, पथरी स्र्पोर्टीङ क्लव पथरी, दमक फुटबल एकेडेमी दमक र डाँगीहाट फुटबल क्लव बेलबारी गरी ८ वटा टिमको सहभागिता रहनेछ। प्रतियोगिताको विजेताले ट्रफि सहित ८१ हजार १ सय ११ रुपैँया र उपविजेताले ट्रफि सहित ५१ हजार १ सय ११ रुपैँया प्राप्त गर्नेछ। त्यसैगरी विधागत तर्फ उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट कोचलाई पुरस्कृत गरीने आयोजकले जनाएको छ।

प्रतियोतिलाई पथरीशनिश्चरे परीवार हङकङले मुख्य प्रायोजन र पथरीशनिश्चरे नगरपालिकाले सहप्रायोजन गर्ने भएको छ भने अन्य व्यक्तिहरु तथा संघसस्थाहरुबाट पनि आर्थिक सहयोग संकलन गरीने भएको छ। प्रतियोगिता सम्पन्न गर्न ८ लाख ५२ हजार २ सय २२ रुपैँया खर्च लाग्ने आयोजकले अनुमान गरेको छ। व्यवस्थापनका लागी नविन ढकालको संयोजकत्वमा १६ सदस्यीय समिति गठन गरी कामहरु भईरहेको पनि जानकारी गराएका छन्।
राष्ट्रको खेलकुद स्वास्थ्थको लाति खेलकुद भन्ने मुल नाराको साथ सबै युवालाई सधैँ खेलमा लाग्न प्ररित गर्न आयोजना गरीएको आयोजक क्लवका अध्यक्ष मिलन राईले जानकारी दिए। साथै पत्रकार सम्मेलनमा उपस्थित सबैलाई धन्यबाद दिदै प्रतियोतिता सफल बनाउन आआफ्नो ठाँउबाट सहयोग गर्न सबैलाइै आग्रह गर्दै आउदै गरेको बडा दशै, शुभदिपावलि तथा छैटको शुभकामना दिएका थिए।
प्रतियोगिताको उद्घाटन खेलमा आयोज क्लाव र यासोक फुटबल क्लव उर्लाबारी बीच हुनेछ। कात्र्तिक ५ गते पत्रकारसँग मैत्रीपूर्ण खेल हुने र सबै खेल सुनाखरी खेलमैदानमा दिनको ३ बजे देखी सञ्चालन हुने आयोजकले जानकारी गराएको छ।