जनवादी गणतन्त्र चीन स्थापना भएको ७० वर्ष पुगेको अवसरमा घात हतियारसहित शक्ति प्रदर्शन - Pahilo Online

जनवादी गणतन्त्र चीन स्थापना भएको ७० वर्ष पुगेको अवसरमा घात हतियारसहित शक्ति प्रदर्शन

writer

जनवादी गणतन्त्र चीनले शक्ति प्रदर्शन गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा जनवादी गणतन्त्र चीन स्थापना भएको ७० वर्ष पुगेको अवसरमा शक्ति प्रदर्शन गरिएको हो । चिनियाँ कम्युनिस्ट पार्टीका तत्कालिन नेता माओत्सेतुङले १९४९ अक्टोबर १ मा जनवादी गणतन्त्र चीन गठनको घोषणा गरेका थिए । त्यसअघि रक्तपातपूर्ण गृहयुद्धमा कम्युनिस्ट शक्ति विजयी भएको थियो ।

चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा सात दशक यता चीनले विकासमा अभूतपूर्व प्रगति गरेको छ । विश्वकै शक्ति समीकरणमा महत्वपूर्ण स्थान ओगटेको चीनले आर्थिक विकासमा लामो फड्को मारेको छ । कम्युनिस्ट शासनको ७० औं वार्षिकोत्सवका अवसरमा चिनियाँ सेनाले विशाल परेड आयोजना गरेको छ । सेनाले परमाणु युद्धमा घातक मानिने अत्याधुनिक हतियारसमेत प्रदर्शन गरेको छ ।

चीनसँग रहेको घातक हतियारमध्ये ‘डिएफ–४१’ एक हो । यसले अधिक दुरीमा सटिक निशाना लगाउन सक्ने जनाइएको छ । अधिकारीहरुका अनुसार यो क्षेप्यास्त्रले अमेरिकालाई सजिलै निशाना बनाउन सक्छ । प्रायः आफ्ना हतियारबारे खुलेर चर्चा नगर्ने चीनले यसपटक नयाँ परमाणु हतियार तथा हाइपरसोनिक क्षेप्यास्त्रसमेत प्रदर्शन गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes