झापा । झापाको कन्काई नगरपालिका ८ बिरिङपुलमा सोमवबार राती बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । राती साँढे ९ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको मे १० प २३७० नम्बरको मोटरसाईकललाई बिपरीत दिशाबाट जाँदै गरेको बा ४ ख ६६७ नम्बरको बसले ठक्कर दिंदा मोटरसाईकल चालक कन्काई नगरपालिका ५ का ४२ बर्षीय शुक्रराज लिम्बु घाईते भई उपचारको लागि झापाको बि.एण्ड.सि. अस्पताल बिर्तामोड पठाईएकोमा अस्पताल पुर्याोउना साथ मृत्यु ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । बस, बस चालक र मोटरसाईकल ईलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेका छन् ।