निरन्तर वर्षाका भद्रपुर विमानस्थलको निर्माण कार्य प्रभावित - Pahilo Online

निरन्तर वर्षाका भद्रपुर विमानस्थलको निर्माण कार्य प्रभावित

writer

झापा । निरन्तरवर्षाले भद्रपुर विमानस्थलको धावनमार्ग मर्मत सम्भारसँगै स्तरोन्नतिको काम प्रभावित बनेको छ। झापाको चन्द्रगढी नागरिक उड्डयन कार्यालयले गत भदौ २० गतेदेखि विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नति कार्य सुरु गरेको थियो। दिउँसो २ बजेदेखि बिहान ७ बजेसम्म विमानस्थल बन्द गरी निर्माण कार्य सुरु भए लगतै निरन्तर पानी पर्न थालेपछि हाललाई निर्माण कार्य स्थगन गरिएको चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख पूर्ण चुडालले जानकारी दिए ।

‘२१ दिनसम्म विमानस्थल २ बजेपछि बन्द गरी निर्माण गर्दा निर्माण कम्पनीले ४० प्रतिशत मात्र काम सम्पन्न गर्न सक्यो’, प्रमुख चुडालले भने, ‘अब निर्माण कार्य पुनः दसैँपछि मात्र सुचारु हुन्छ।’ १० करोड २३ लाखमा ठेक्का लिएको गौरी पार्वती देव एन्ड सायर जेभि काठमाडौँले १५ दिनभित्र दिनरात काम गरेर धावनमार्गको मर्मत सम्भारसँगै स्तरोन्नति काम सक्नु पर्ने योजना थियो।

‘निरन्तर पानी नपर्दा १५ दिनमै विमानस्थलको मर्मत सम्भारको काम सकिन्थ्यो। वर्षाले गर्दा पुनः ७ दिनको समय थप्दा पनि पानी रोकिएन। र काम प्रभावित बन्यो’ प्रमुख चुडाले भने । २१ दिन दिउँसो २ बजेदेखि बिहान ७ बजेसम्म विमानस्थल बन्द गरिएकोले आइतबारदेखि बन्द हटाइसकेको उनले बताए। ‘अब पहिला जस्तै बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म विमान सेवा सुचारु हुनेछ’, उनले भने। भद्रपुर काठमाडौँका लागि बुद्ध, यति, नेपाल एयरलाइन्स, सौर्य र श्री एयरलाइन्स गरी १० वटा विमान उडान सेवा दिँदै आइरहेको जनाइएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes