अर्पणा के.सी
पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे ४ मा आज एक्सेल विकाश वैकको शाखा उद्घाटन भएको छ । एक्सेल विकाश वैकबाट ख वर्गको इजाजत पत्र प्राप्त संस्था हो । यो वैकको ५ जिल्लामा कार्य क्षेत्र रहेको छ ।
यस वैकको उद्घाटन कार्यक्रमा प्रमुख अतिथी वडा नम्बर ४ का वडा अध्यक्ष गोविन्द बहादुर भण्डारीले रिबन काटेर उद्घाटन गरेकाछन् । उद्घाटन कार्यक्रमा शाखाका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोखरेलले प्रदेश नं १ कै पहिलो प्रादेशिक बैकका रुपमा समग्र प्रदेशका वित्तीय अभियन्ता बनी ग्राहक वर्गलाई छिटो छरितो गुस्तरीय र विश्वसनिय अत्याधुनिक बैकिङ्ग सेवाहरु प्रदान गर्ने बताएकाछन् ।
उनले ग्रामिण तथा शहरी क्षेत्रमा छरिएर रहेका श्रोत,साधन तथा पुँजीलाई संकलन गरी सोहि क्षेत्रको आर्थिक विकाश र उन्नतीमा उपयोग गर्नका लागी वित्तीय मध्येस्थता गरी समग्र क्षेत्रकै आर्थिक विकाशमा टेवा पु¥याउने बताएका हुन् । सामाजिक दायित्वलाई बढवा दिदै देशको अर्थतन्त्रलाई सवल बनाउन सहयोग गर्ने पनि बताएकाछन् ।
यस शाखामा स्थानीयले न्युनतम १ हजार मुल्यमा खाता खोेली सेवा लिन सक्नेछन् । लकर सेवा शुल्कमा ५० प्रतिशत छुटको सुविधा पनि रहेको छ । यस वैकमा विहान साडे ९ बाट बेलुका साडे ५ सम्म हप्ताको सातै दिन सेवा सुचारु गरिएको छ ।
केन्र्दीय कार्यलय झापाको विर्तामोडमा रहेको यस वैकले शन्ध्याकालिन निक्षेप सेवा,छिटो भर पर्दो विश्वासनीय सेवा दिई सजिलो र सुलभ दरमा कर्जा प्रवाह गदै आएको छ । बचत तथा मुद्धती खाताहरुमा अधिकतम प्रतिफलमा बिमीत निक्षेप खाताहरु समेत संचालित भई नेपालका जुनसुकै व्यक्ति लगायत नेपाल,भारत,तथा भुटानका व्यक्ति बाट निशुल्क भुतmानी लिन सकिने शाखाका प्रबन्ध निर्देशक युवराज भट्टराईले बताएका छन् ।