पथरीशनिश्चर । मोरङको पथरीशनिश्चरे नगरपालिकाको आर्थिक विकास समितिको आइतबारको बैठकले नगरभरीका मासु, भेटेरीनगर र औषधि पसलमा अनुगमन् कार्य अघि बढाउने निर्णय गरेको छ । समितिका संयोजक यामप्रसाद गुरागाईंको संयोजकत्वमा बसेको बैठकले नगरमा पशुपंक्षी शाखाको सक्रियतापूर्वक सञ्चालन भएका कार्यक्रमहरुको समीक्षा गर्दै अनुगमन् कार्यलाई निरन्तरता दिने निर्णय गरिएको हो ।
बैठकले, रेविज विरुद्धको खोप दशैं पछाडि वडा वडामा सञ्चालन गर्ने योजना बनाएको छ । साथै जुनेटिक रोगका बारेमा नगरका १० वटा सामुदायिक विद्यालयका ३ हजार ५ सय ७४ जना विद्यार्थीलाई सचेतना प्रदान गरिएको उल्लेख गरिएको छ । पशुपंक्षी, कृषि एवम् मत्स्यतर्फका स्वीकृत कार्यक्रमहरु प्रत्येक वडा तथा शाखामा फ्लेक्स प्रिन्टमार्फत सार्वजनिकरण गरिएको छ ।बैठकमा, सहकारी शाखाको नियमित अनुगमन्लाई दशैंपछि अघि बढाउने पनि निर्णय भएको संयोजक गुरागाईंले जानकारी दिए ।