प्रकाश आङदेम्वेसँग उत्प्रेरणा तथा अन्तरक्रिया कार्यक्रम - Pahilo Online

प्रकाश आङदेम्वेसँग उत्प्रेरणा तथा अन्तरक्रिया कार्यक्रम

writer

पथरीशनिश्चरे । युवा साहित्यकार एवम् चलचित्र निर्देशक प्रकाश आङदेम्वेसँग मोरङको लेटाङमा सपना, सिर्जना र संवाद विषयक उत्प्रेरणा तथा अन्तरक्रिया कार्यक्रम भएको छ । लेटाङ पुस्तकालयले लेटाङ नगरपालिकाको हलमा आयोजना गरेको कार्यक्रममा झापा दमकका आङदेम्वेले आफुले भोगेका जीवन संघर्षका कथा, देश विदेशमा प्राप्त गरेको साहित्य र चलचित्रको अनुभव सहितको उत्प्रेरणात्मक अभिव्यक्ति दिए। उनले चिन्तनलाई व्यवहारमा उतार्नका लागि सृजनशीलताको उत्प्रेरणा आवश्यक रहेको चर्चा गरे।

उनले आफ्नो निर्देशनको शरणार्थीको विषयको चलचित्र ‘देश खोज्दै जाँदा’ धेरै वटा देशमा प्रदर्शन भइरहेको र विदेशको प्रतिष्पर्धामा पुरस्कृत समेत भएको सुनाए। सो अवसरमा उनले आफ्ना १ दर्जन चोटिला रुवाई प्रस्तुत गरेका थिए । उनका समकक्षी भूपेन्द्र तिम्सिना, याम थुलुङ, कृष्ण काश्यप तथा लेटाङका प्रतिनिधिमुलक सर्जकले आफ्ना रचना समेत वाचन गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes