झुटो आश्वासन बाढ्ने भन्दा पनि आवश्यकताको आधारमा काम गर्ने – मन्त्री ढकाल - Pahilo Online

झुटो आश्वासन बाढ्ने भन्दा पनि आवश्यकताको आधारमा काम गर्ने – मन्त्री ढकाल

पथरी क्याम्पस १० लाख बढी संचालन घाटामा

writer

 

पथरी बहुमुखी क्याम्पसको संचालक परिषद बैठक

पथरीशनिश्चरे । संघीय सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले आफ्नै निर्वाचन क्षेत्र अन्तर्गतको पथरी शनिश्चरे नगरपालिकामा रहेको पथरी बहुमुखी क्याम्पसको संचालक परिषद बैठकमा बोल्दै मन्त्री ढकालले झुटो आश्वासन बाढ्ने भन्दा आवश्यकताको आधारमा र सरोकारवालाहरुको सकृयतामा काम गर्ने कुरोमा आफू बिश्वास गर्ने बताएका हुन्। बोल्ने भन्दा पनि काम गर्ने कुरामा आफू विश्वास गर्ने बताए।

कार्यक्रममा बोल्ने क्रममा मन्त्री ढकालले निर्वाचन भएको डेढ वर्षको अवधीमा २४२ वटा कानुन निर्माण गरेको बताउदै छोटो समयमा कानुनी रुपमा बर्तमान सरकारले निकै काम गरेको बताए। क्याम्पसको प्रसंगमा मन्त्री ढकालले भने यस क्षेत्रका साथिहरुले सहमति जनाएमा सांसद विकास कोषको बजेटबाट भएपनि क्याम्पसका लागि केही व्यवस्थापन गरिने छ ।” देशकै सबैभन्दा ठुलो समस्याका रुपमा रहेको यस क्षेत्रमा सुकुम्बासी, दोहोरो स्वामित्व, अव्यवस्थित बसोबास लगाएतको समस्या समेत अब हल हुनेकुरा ढकालले बताए ।

संघीय सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ढकालको प्रमुख आतिथ्यमा आयोजित सभा आर्थिक वर्ष २०७५, ७६ को प्रगती प्रतिवेदन प्रस्तुत, आ.व ०७६, ७७ को कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै सम्पन्न भएको हो ।

पथरी शनिश्चरे नगरपालिकाको गहनाको रुपमा रहेको एक मात्र डिग्री क्याम्पसको रुपमा परिचित क्याम्पस १० लाख बढी संचालन घाटामा रहेको लेखा समिती संयोजक केशवप्रसाद दाहालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनका अनुसार १ करोड ५४ लाख ९९ हजार ९ सय ८२ रुपैयाँ आम्दानी गरेको क्याम्पसले १ करोड ६५ लाख ४६ हजार ६ सय ५४ रुपैयाँ खर्च गर्दा १० लाख ४६ हजार ६ सय ७२ रुपैयाँ संचालन घाटा देखिएको हो। QAA प्रक्रियामा रहेको क्याम्पसले प्रविधिमैत्री शिक्षामा जोड दिदै आइरहेको छ ।

आन्तरीक परीक्षामा उत्कृष्ट र निवन्ध प्रतियोगीतामा विजेता भई पुरस्कृत विद्यार्थीहरु

परिषद बैठकमा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ । अक्षय कोष संचालनका लागि समेत दाताहरु थपिने क्रम पनि रहेको छ । यही बिचमा आज नै औपचारिकता प्राप्त गरेको भरतमोहन अधिकारी फाउनडेसनबाट पनि १ लाख ५० हजार बराबरको अक्षय कोष स्थापना गरिएको छ । आगामी दिनमा अझ प्रभावकारी रुपमा क्यामपस संचालनका लागि सबै सरोकारवालाहरु मिलेर लाग्नुपर्ने वक्ताहरुले बताएका छन् । कार्यक्रममा मोरङ्गका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, सुकुना बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख चन्द्रमणी राई लगायतले शुभकामना मन्तव्य राखेका थिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes