शनिबारबाट सञ्चालन हुने भनिएको हाम्रो पूर्वाञ्चल गोल्डकप वर्षाको कारण स्थगित - Pahilo Online

शनिबारबाट सञ्चालन हुने भनिएको हाम्रो पूर्वाञ्चल गोल्डकप वर्षाको कारण स्थगित

writer

डोमलाल राजवंशी रंगशालामा

झापा । झापाको डोमलाल राजवंशी रंगशालामा शनिबार (आज)बाट सञ्चालन हुने भनिएको हाम्रो पुर्वाञ्चल गोल्डकपको मिति सरेको छ। असोज ११ गतेदेखि १८ गतेसम्म गोल्डकप हुने मिति तय गरेर खेल तालिका सार्वजनिक गरिएको थियो। तर निरन्तरको वर्षाका कारण खेल मैदानमा पानी र हिलो भएपछि निर्धा्रित समयमा प्रतियोगिता गर्न नसकिएको आयोजक जायन स्पोट्स क्लबका प्रवक्ता अविशान राईले बताए।

मैदानको अवलोकनपछि खेल प्राविधिकहरुको निचोड र मौसमविद्को पूर्वानुमानलाई मध्यनजर गरी कात्तिक २ गतेदेखि ९ गतेसम्म अर्को मिति तय गरिएको उनले बताए। उनका अनुसार अर्को मितिका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पत्राचार गरिएको छ। कात्तिक २ गतेदेखि अर्को मिति तय भएको खण्डमा थ्रीस्टार क्लब बंगलादेश जाने भएकाले मनाङ मस्र्याङदी क्लब वा सशस्त्र प्रहरी बलको एपीएफ टीम मैदानमा उतार्ने तयारी गरिएको राईले बताए।

प्राविधिकहरुका अनुसार मैदानमा पानी जमेकाले खेल सञ्चालन गर्दा हिलो हुने, खेलाडी लड्न गइ चोटपटक लाग्ने सम्भावना बढी भएकाले पनि खेल स्थगित गरिएको बताइएको छ। प्रतियोगिताको तयारी पूर्ण अवस्थामा भएर पनि खेल स्थगित गर्नुपर्दा दुःख लागेको राई बताए। तर, कात्तिकमा खेल सञ्चालन गर्दा पनि दर्शक नघट्ने उनको दाबी छ। आयोजक क्लबका अध्यक्ष भक्त खवासले सबैको विश्वास जितेर तयारी सकिएको अवस्थामा खेल मौसमका कारण रोकिँदा नमज्जा लागेको बताए। अब अर्को मितिमा खेल हुने भएपछि केही आर्थिक क्षति व्यहोरेर भए पनि फेरि तयारी जुट्ने उनको भनाइ छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes