पथरीशनिश्चरेमा ६० कुकुर र ३ विरालोलाई रेविज विरुद्ध खोप - Pahilo Online

पथरीशनिश्चरेमा ६० कुकुर र ३ विरालोलाई रेविज विरुद्ध खोप

writer

पथरीशनिश्चर । १३ औं विश्व रेविज दिवशको अवसरमा मोरङको पथरीशनिश्चरे नगरपालिकाका घरपालुवा कुकुर र विरालोलाई निःशुल्क रुपमा रेविज रोग विरुद्धको खोप लगाउने अभियान सुरु भएको छ । वडा नम्वर ६ स्थित मंगलबारेमा रहेको पशु सेवा केन्द्रमा शनिवार आयोजित निःशुल्क शिविरमा ६० वटा कुकुर र ३ वटा विरालोलाई खोप लगाइएको छ ।

नगर प्रमुख दिलिपकुमार राई, ६ नम्वर वडाध्यक्ष जयबहादुर तामाङ सहितले कार्यक्रमको उद्घाटन् गर्दै रेविज खोप लगाएको कार्ड समेत पशुधनीलाई वितरण गरे । नगरपालिकाको पशुपंक्षी शाखा एवम् पाराभेटेरीनगरी एण्ड लाइभस्टक एशोसियसन इकाई कमिटीको आयोजनामा शिविर सञ्चालन भएको हो रेविज रोग उन्मुलनका लागि वडा वडामा समेत कुकुर र विरालोलाई खोप लगाउने योजना रहेको शाखाका प्राविधिक पर्वत शाहले वताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes