मोरङको उर्लाबारीमा स्कोरपिओको ठक्करबाट महिलाको मृत्यु - Pahilo Online

मोरङको उर्लाबारीमा स्कोरपिओको ठक्करबाट महिलाको मृत्यु

writer

उर्लाबारी । मोरङको उर्लाबारीमा स्कोरपिओ गाडीको ठक्करबाट महिलाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत उर्लाबारी–७ मा गाडीको ठक्करबाट तेह्रथुम लालीगुराँस नगरपालिका– ९ की ३६ वर्षीय पूजा रम्तेलको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए ।

उनका अनुसार बाटोमा हिंडिरहेकी महिलालाई पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा १६ च ५५३२ नम्बरको स्कोरपिओले शुक्रबारराति ८ बजे ठक्कर दिएर घाइते बनाएको थियो । घाइते महिलाको उपचारका क्रममा न्युरो अस्पताल विराटनगरमा शनिबार बिहान मृत्यु भएको डीएसपी खिँउजुले बताए । स्कोरपिओ र चालक काठमाडौं दक्षिणकाली–७ का ४४ वर्षीय कृष्णमुरारी अर्याललाई पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes