ढुंगाले लागेर मोटरसाइकलमा सवार प्रहरी इञ्चार्जको मृत्यु - Pahilo Online

ढुंगाले लागेर मोटरसाइकलमा सवार प्रहरी इञ्चार्जको मृत्यु

writer

इलाम । इलाम नगरपालिका–२ मा भएको दुर्घटनामा एक प्रहरीको ज्यान गएको छ। अपराहन्न २ बजेको समयमा बिब्ल्याँटेबाट सुम्बेक जाने क्रममा छाँगे खोलामा मोटरसाइकल दुर्घटनामा परेर अस्थायी प्रहरी पोष्ट बिब्ल्याटेका इन्चार्ज रवीकुमार मगरको निधन भएको हो। सुम्बेकमा झगडा भएको भनी सूचना आएपछि बा २ ब २२८८ नम्बरको मोटरसाइकल चढेर घटनास्थलतर्फ हिँडेका थिए। सो क्रममा बाटो माथिबाट आएको ढुंगा लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी मोटसरसाइकलसहित करिब ५० मिटर तल खोलामा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामका हवलदार ऋद्धि खनालले जानकारी दिए। उनीसँगै गएका रामसेवक मोची घाइते भएका छन्। उनको इलाम अस्पतालमा उपचार भइरहेको उनले बताए। मगरको शव अहिले दुर्घटनास्थलबाट निकाल्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes