पशुपति वनको ९औं वार्षिक साधारण सभामा जेष्ठ नागरिकलाई सम्मान, विध्यार्थीलाई छात्रवृत्ति - Pahilo Online

पशुपति वनको ९औं वार्षिक साधारण सभामा जेष्ठ नागरिकलाई सम्मान, विध्यार्थीलाई छात्रवृत्ति

writer

पथरीशनिश्चरे । पथरीशनिश्चरे नगरपालिका १० स्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहले ९औं वार्षिक साधारण सम्पन्न गरेको छ। सभाको अवसरमा जेष्ठ नागरिकलाई सम्मान र विध्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । शुक्रबार भएको सभामा गंगामाया पौडेल, पदमकुमारी खत्री, राममाया राई, जितरानी लिम्बू, किताबसिंह राई लगाए ११ जनालाई नगदसहित सम्मान गरेको थियो ।

त्यसैगरी गरिव तथा जेहेन्दार ११ विध्यार्थीहरुलाई बर्ष्दिन पुग्ने कपि, डट, ब्याग र पोषाक छात्रवृतिको रुपमा वितरण भएको थियो । यसरी स्कुल सामाग्री पाउने विध्यार्थीहरुमा चेतन पौडेल, रोशनी धिमाल, सबिना चौधरी, विना लिम्बू लगाएत रहेका छ्न । गत सालको एसइई परीक्षामा उत्कृष्टहुने समीक्षा तिम्सिना र अस्मिता खड्कालाई वन समूहले सम्मान गरेको छ ।

समितिको अध्यक्ष ईश्वर चौहानको सभापतित्वमा भएको कार्यक्रममा १० जना अपांगता भएका व्यक्तिलाई समेत सम्मान भएको थियो । लार्यक्रमको प्रमुख अतिथी पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट, १० नम्बर वडा अध्यक्ष सागर राई, सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश सचिव अग्नि पौडेल, मोरङ जिल्ला अध्यक्ष रामकृष्ण राई लगाएतले शुभकामना दिएका थिए ।

१० नम्बर वडा अध्यक्ष सागर राईले वनमा काठ र आर्थिक हिसाब पारदर्शी नहुने गरेको बताएका थिए । उपभोक्ता ज्ञनेन्द्र राईले वनबाट निस्केको काठको पूरा विवरण नआएकोमा त्यो हिसाब देखाउनु पर्ने बताएका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes