सुनसरीमा आगलागीबाट १० लाख बराबरको क्षति - Pahilo Online

सुनसरीमा आगलागीबाट १० लाख बराबरको क्षति

writer

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका ६ नुनिगाऊका मदन कुमार खड्काको घरमा आगलागी हुँदा अन्दाजी १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । आज बिहान सवा ११ बजेको समयमा अचानक बिद्युतको तार सर्ट भएर खड्काको घरमा आगलागी भई निजको टिनको छाना भएको १ तले कच्ची घर पुर्ण रुपमा जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको हो । आगलागीमा परी खड्काको २ वटा बाख्राको पाठा समेत जलेर मरेको तथा प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान पौने १२ बजे आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes