पथरीशनिश्चरे वडा न. ८ मा ज्येष्ठ कम्यूनिष्ट नागरिकलाई नेकपा को सम्मान् - Pahilo Online

पथरीशनिश्चरे वडा न. ८ मा ज्येष्ठ कम्यूनिष्ट नागरिकलाई नेकपा को सम्मान्

प्रदेश भित्रका जातजातिलाई समेटेर प्रभावकारी साँस्कृतिक संग्रहालयको डीपीआर गर्ने चरणमा – मन्त्री कार्की

writer

पथरीशनिश्चरे । नेकपा पार्टी पथरीशनिश्चरे ८ स्थित वडा कमिटीले बिहिवार आयोजना गरेको दशैंतिहार, छैट शुभकामना तथा ज्येष्ठ कम्यूनिष्ट सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा बोल्दै प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले मोरङको पथरीशनिश्चरेस्थित भूटानी शरणार्थी शिविर क्षेत्रमा बन्ने बहुसाँस्कृतिक संग्रहालय विश्वले हेर्ने लायकको निर्माण गरिने बताए । उनले शरणार्थीको एकातर्फ व्यवस्थापन गरेर अर्कातर्फको जमिनमा प्रदेश भित्रका जातजातिलाई समेटेर प्रभावकारी साँस्कृतिक संग्रहालयको अव डीपीआर गर्ने चरणमा पुगिएको जनाउनु भएको छ ।

मन्त्री कार्कीले सरकारले सवै क्षेत्रको प्राथमिकताका आधारमा विकास निर्माणका कामहरु चरणवद्ध रुपमा अघि बढाएर गाउँ वस्तीमा समृद्धि ल्याउन लागि परिरहेको बताए । उनले नगरको ८ नम्वर वडामा प्राथमिकताका आधारमा विकासका काम गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको जनाए । डीएसपी सहितको प्रहरी कार्यालयको स्थायी प्रक्रिया अघि बढेको पनि उनले उल्लेख गरे । साथै उनले शिविर क्षेत्र सहितका सरकारी जग्गा कसैले आफ्नो दर्ताको भनेर भन्ने गरेको सन्दर्भमा त्यस्तो हर्कतलाई रोक्ने बताए। सो अवसरमा मन्त्री कार्कीले तात्कालिन एमालेले ज्येष्ठलाई भत्ता दिएर सम्मान थालेको प्रसंग ल्याउँदै वडा नम्वर ८ का ६५ वर्षमाथिका १ सय १५ जना ज्येष्ठ कम्यूनिष्ट सदस्यहरुलाई सम्मानपत्रले सम्मानित गरे ।

कार्यक्रममा, नेकपाका केन्द्रीय सदस्य महेश रेग्मी, लगायतले पार्टीको समृद्धिको अभियानका बारेमा बोलेका थिए। सो अवसरमा, नेपाली कांग्रेस सहितको पार्टी परित्याग गरी माकुम लिम्बू, हस्त बहादुर कार्की, रन्जित गुप्ता, रामकुमार चेम्जोङ, मिङ्मा शेर्पा, दिनेश साह, तेज बहादुर पौडेल, सर्मिला कार्की, भीष्मकुमारी लिम्बू, मिना गुरुङ, एकमाया मगर, मचिन्द्र पौडेल, बादल लिम्बू, थिरमाया कार्की, कल्पना पौडेल, हरि बि.क. लगायतले नेकपामा प्रवेश गरेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes