बेलबारीका हरेक वडामा एक वडा एक उत्पादन - Pahilo Online

बेलबारीका हरेक वडामा एक वडा एक उत्पादन

writer

 

सुरेश कार्की

बेलबारी । बेलबारी नगरपालिकाका हरेक वडामा एक वडा एक उत्पादन कार्यक्रम शुरु भएको छ । यहिबिचमा वडा नम्बर ९ ले लिचि जोन कार्यक्रम अगाडि सारेको छ ।
एक वडा एक उत्पादनको निति नगरले लिए सँगै ९ नम्बर वडामा १ हजार लिचिका विरुवा कृषकलाई वाँडिएको छ । पहिलो चरणमा एक घर एक विरुवाको निति लिएका छौँ वडाअध्यक्ष नगेन्द्र खड्काले भने हामीले चालु आवमा २ हजार विरुवा बाँड्ने योजनामा छौ । मागेजति विरुवा आई पुगेन्न दशै अगाडि नै एक हजार विरुवा ल्याएर कृषकलाई बाँड्छौ उनले भने । उत्पादन बर्ष सँग जोडिएर काम गर्ने रणनिति वडाले लिएको वडा अध्यक्ष खड्काले बताए ।

यो वर्ष परिक्षणका लागि केही विरुवा दिएका छौँ वडा सचिव युवराज गुरागाँईले भने अब आउने आर्थिक वर्षमा मेरो खाली जग्गा छ भनेर कोही कृषक आँउछन भने विरुवा देखि प्राविधिक सहयोग समेत वडाले गर्छ । वडामा खेति नभई बाँझा जग्गाहरु नरहुन भन्ने हाम्रो उद्धेश्य हो उनले भने लिचिको बजारीकरण समेत हामी गरिदिन्छौ । अहिले एक घर एक विरुवाको निति लिएर वितरण गरेको वडा कार्यालयले जनाएको छ ।

गत आर्थिक बर्षमा बेलबारी ४ नम्बर वडाले सुपारी जोन बनाउनका लागि केही विरुवा वितरण गरेको थियो भने १० हजार विरुवा आफै दल राखेको छ । प्रत्येक घरमा सुपारीका विरुवा हुर्किरहेका छन् । आँउदो आवमा कृषकले मागेजति विरुवा हामी आफै दिन्छौँ वडा अध्यक्ष रामकुमार राईले भने सुपारी बजार सम्म पुर्याउनका लागि समेत हामी आफै सहजिकरण गरिदिन्छौ । एक वडा एक उत्पादन सँगै प्रविधियुक्त खेतीमा नगरपालिकाले जोड दिएको मेयर ज्ञानेन्द्र सुवेदीले बताएका छन ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes