भालुको आक्रमणबाट एक जना घाइते - Pahilo Online

भालुको आक्रमणबाट एक जना घाइते

writer

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–२ मा भालुको आक्रमणबाट एक जना घाइते भएका छन्। भालुको आक्रमणबाट मकालु–२ बुङ्गिमका ३४ वर्षीय दावा नुर्बु शेर्पा घाइते भएको संखुवासभाका प्रहरी निरीक्षक सन्तोश राईले जानकारी दिए।

आइतबार दिउँसो ४ बजे शेर्पालाई आफ्नै बारीमा घाँस काट्न गएको बेला भालुले आक्रमणबाट घाइते भएको प्रहरी निरीक्षक राईले बताए। भालुको आक्रमणबाट शेर्पाको दाहिने हातको पन्जा, दुबै खुट्टा र शरिरका विभिन्न भागमा चोट लागेको बताइएको छ। भालुको आक्रमणबाट घाइते शेर्पाको प्राथमीक स्वास्थ्य चौकी मकालुमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटना स्थल सदरमुकाम खाँदबारीबाट दुई दिनको पैदलमा पर्दछ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes