सवारी लाइसेन्स पाँच वर्षसम्म नवीकरण नगरे खारेज हुने - Pahilo Online

सवारी लाइसेन्स पाँच वर्षसम्म नवीकरण नगरे खारेज हुने

writer

मोरङ –प्रदेश १ का प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले “प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” २०७६ आइतबार प्रमाणीकरण गरेका छन् । प्रदेशसभाको भदौ २६ गते बसेको बजेट अविेशनको ४८ औं बैठकले विधेयक सर्वसम्मत पारित गरेको थियो । प्रमाणीकरणको लागि आएको विधेयक संविधानको धारा २०१ बमोजिम तुम्बाहाङले प्रमाणीकरण गरेको प्रदेश प्रमुखका प्रेस सल्लाहार सल्लाहकार शेखर रेग्मीले जानकारी दिएका छन ।

हालसम्म सवारी विधेयकसहित प्रामाणीकरण भएका विधेयकको संख्या ४१ पुगेको छ । राजपत्रमा प्रकाशित भएपछि यो ऐनका रुपमा लागु हुनेछ । एक सय ८१ दफा र ७ अनुसूची रहेको विधेयकमा चालक अनुमति पत्र , नवीकरण, सवारी दर्ता, नामसारीलाई व्यवस्थित, मर्या्दित, अनुशासित गरी संचालन र नियमन गर्र्ने उल्लेख छ । सरकारी, संस्थान, कुटनीतिक र नीजि सवारी साधनका धनीले पाँच वर्षको नविकरण एकै पटक गर्न चाहेमा कुल रकमको १० प्रतिशत छुट दिने व्यवस्था छ ।

यस्तै दुई पाङ्ग्रे सवारी साधनका सवारी धनीले १० वर्षको नविकरण एकै पटक गर्न चाहेमा १० प्रतिशत छुट दिने विधेयकमा व्यवस्था छ । म्याद सकिएको तीन महिनाभित्रमै चालक अनुमति पत्र नवीकरण गर्नुपर्ने तर पाँच वर्षसम्म पनि नगरे अनुमति पत्र स्वतः खारेज हुने व्यवस्था छ ।

चालक अनुमति पत्र म्याद नाघेको एक वर्ष्भित्र नवीकरण गरेमा १ सय प्रतिशत, २ वर्षमा २ सय प्रतिशत ,३ वर्षमा ३ सय प्रतिसत , चार वर्षमा चार सय प्रतिशत र ५ वर्षमा ५ सय प्रतिशतसम्म जरिवाना लिने विधेयकले व्यवस्था गरेको छ ।ज्यान मार्ने मनासय राखी दुर्घटना गरे चालकलाई जन्म कैद र लार्पावाही , जानीजानी दुर्घटना गरे दुई वर्षदेखि १० वर्षसम्म कैद वा ३० देखि १ लाख जरिवानाको सजाय तोकिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes