लेटाङमा प्रथम मेयर कप फुटबल प्रतियोगिता असोज ९ देखि १६ सम्म हुदै - Pahilo Online

लेटाङमा प्रथम मेयर कप फुटबल प्रतियोगिता असोज ९ देखि १६ सम्म हुदै

writer

“लेटाङ नगरको सान, खेलकुदसहितको युवाको पहिचान“ मुख्य नाराका साथ उत्तरी मोरङ्गको लेटाङ्गमा यहि असोज ९ देखि १६ सम्म प्रथम “मेयर कप“ वडा स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । लेटाङ नगरपालिकाको ३ नम्वर वडा कार्यालयले पत्रकार सम्मेलन गरी प्रतियोगिताका विजेतालाई १ लाख १ हजार नगद र उप विजेताले ५१ हजार नगद सहित ट्रफि प्राप्त गर्नेछन् ।

नगरपालिकाको सहयोगमा ३ नम्वर वडाको खेलकुद समिति सहआयोजक रहेको प्रतियोगितामा ४ लाख ५ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको वडाध्यक्ष देवराज राईले जनाएका छन् । युवालाई दुव्र्यसनतर्फ लाग्न नदिई खेलकुदतर्फ आकर्षित गर्ने उद्धेश्यले आयोजित प्रतियोगिताका खेलहरु कमलपुर खेल मैदानमा हुने छ । प्रतियोगितामा ९ वटै वडा टिमको सहभागिता रहने छ ।

खेलमा नयाँ नियम स्वरुप खेल भित्र अनुशासन उलंघन गर्ने खेलाडीलाई प्रत्येक कार्ड बापत जरिवाना लिने व्यवस्था समेत गरिएको आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes