विद्युत् बिस्तार नहुँदै गाडिएका विद्युतका पोल ढल्न थाले - Pahilo Online

विद्युत् बिस्तार नहुँदै गाडिएका विद्युतका पोल ढल्न थाले

writer

उदयपुर– लिम्चुङबुङ गाउँपालिकामा विद्युत बिस्तारको लागि गाडिएका विद्युत्का पोल विद्युत् विस्तार नभई ढल्न थालेका छन्। विद्युत प्राधिकरण शाखा गाईघाटले ठेक्का लगाएर गाडिएका दर्जनौं पोल ढलेका हुन्। पाँच वडा रहेको लिम्चुङबुङको वडा नम्बर १, २, ३, ४ र ५ मा गाडिएका पोल ढलेको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राईले जानकारी दिए। ‘कमसल काम भएर पोलहरु ढलेका छन्, विद्युत् प्राधिकरण शाखा गाईघाटले ठेक्का लगाएर गरेका कामको पोल ढलेका हुन,’ उनले भने, ‘कमसल काम भएपछि गाउँपालिकालाई हस्तान्तरण गर्ने बेला हामी लिँदैनौ।’ आर्थिक वर्ष २०७४, ७५ मा गाउँपालिकाको एक करोड ८८ लाख ५५ हजार रुपैयाँ लागतमा विद्युत प्राधिकरणले पोल खरिद गरेर गाड्नको लागि मीना कन्ट्रक्सन सप्लायर्स् गाईघाट देउरीलाई ठेक्का दिएको थियो।

पालिकाले सोही आर्थिक वर्षमा नै विद्युत गाउँपालिकाले सबै वडामा विद्युत बिस्तार गर्न आग्रह गरे पनि प्राधिकरणले काममा ढिलाइ रहेको हो। पोलको फेदमा सिमेन्ट लगाएर पोल गाड्नपर्ने स्टिमेट नभएको कारण खाल्डो खनेर पोल गाड्दा ढलेको मिना कन्ट्रक्सन सप्लार्यस गाईघाट देउरीका प्रोप्राइटर गजेन्द्र मिश्रले बताए। खाल्डो खनेर माटोले पुरेर गाडिएका पोल ढलेका हुन्। चालु आर्थिक वर्षमा विद्युत प्राधिकरणले पाँच करोड रुपैयाँ लागतमा विद्युत् विस्तार गरिरहेको छ।

पोल ढलेको विषयमा सरोकारवालाहरुले ध्यानाकर्षण गराएपछि प्राधिकरणले त्यसलाई व्यवस्थापन गर्न ठेकेदार कम्पनीलाई आग्रह गरिएको गाँउपालिकाका अध्यक्ष मेजरकुमार राईले बताए। ‘त्यो काम विद्युत प्राविधिकरण मार्फत गरिएको हो,’ उनले भने, ‘हामीले विद्युत प्रधिकरणलाई पनि जानकारी दिएका छौं, ठेकेदारलाई पनि राम्ररी काम गर्न आग्रह गरेका छौं।’ विद्यत प्रधिकरण शाखा गाईघाटले गर्दै आएको विद्युत बिस्तारका लागि गाड्ने पोलमा सिमेन्ट लगाउने स्टिमेट नबनाउँदा धेरै क्षेत्रमा पोल ढलेको सर्वसारणको गुनासो छ। यता विद्युत प्राविधिकरणले बजेट थोरै भएकाले समस्या हुने गरेको बताउँदै आएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes