सुनसरी– शनिबार साँझ सवा ४ बजे सुनसरीको धरान जिरोप्वाईन्ट कोशी राजमार्गबाट भेडेटार तर्फ जादै गरेको ना ७ ख १८२५ नम्बर कोट्रकले सोही दिशा तर्फ जादै गरेको को ३१ प ३०३४ नम्बरको स्कुटीलाई ठक्कर दिई दुर्घटना हुदा स्कुटीचालक धरान उपमहानगरपालिका १३ बस्ने स्कुटी चालक २७ बर्षीय सबिन राईको मृत्यु भएको छ। घाईते भई उपचारको लागी लादै गर्दा उनको बाटोमै मृत्यु भएको थियो । स्कुटी ,ट्रक र ट्रक चालकईटहरी ६ बस्ने ५४ बर्षीय भिम थापालाई ईलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।