ज्येष्ठ नागरिक एकता समन्वय केन्द्रद्वारा पथरीशनिश्चरे नगरपालिकामा ज्ञापनपत्र - Pahilo Online

ज्येष्ठ नागरिक एकता समन्वय केन्द्रद्वारा पथरीशनिश्चरे नगरपालिकामा ज्ञापनपत्र

writer

पथरीशनिश्चरे–मोरङको पथरी शनिश्चरेस्थितमा ज्येष्ठ नागरिक एकता समन्वय केन्द्रले ज्येष्ठहरुको हकहितमा विशेष ध्यान पुर्याउन माग गर्दै आज नगरपालिका कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । केन्द्रका नगर अध्यक्ष नेत्रप्रसाद दहाल, सचिव रमेश दहाल र कोषाध्यक्ष लालबहादुर कार्कीले हस्ताक्षर गरेको ज्ञापनपत्र नगर प्रमुख दिलिपकुमार राईलाई बुझाउँदै ज्येष्ठ नागरिकको पक्षमा संवेदनशील वन्न माग गरिएको छ ।

ज्ञापनपत्रमा, जेष्ठ नागरिकको हेरचाह केन्द्र, सेवा केन्द्र तथा दिवा केन्द्रको स्थापना एवम् निरीक्षणको व्यवस्था, जेष्ठ नागरिकको पालनपोषण तथा हेरचाह र हकवालाको निश्चित परिभाषा एवं व्यवस्था, जेष्ठ नागरिकको पालनपोषण तथा हेरचाह सम्बन्धी ऐन व्यवस्थाको माग गरिएको छ । त्यसैगरी, जेष्ठ नागरिकका अधिकारहरू, उनीहरुमाथि अन्याय भएमा त्यसको कानुनी उपचारको व्यवस्था र जेष्ठ नागरिकको पालनपोषणको दायित्व, दायित्व पुरा नभएमा उजूरीको व्यवस्था एवं कारबाहीको व्यवस्था, कानुन बमोजिम हुनसक्ने छुट र सुविधा माग अघि सारिएको छ ।

जेष्ठ नागरिक कल्याण कोषको स्थापना, जेष्ठ नागरिकको आश्रम स्थल र हेरचाह केन्द्रको मापदण्ड एवं सुविधा, जेष्ठ नागरिकलाई सवारी साधन र अन्य सेवामा छुट सुविधा तथा २०७० को कानुनी व्यवस्था, जेष्ठ नागरिकको सेवा सम्बन्धी अनुगमन समिति र काम कर्तव्य र अधिकारको व्यवस्थाको माग उठाइएको छ । ज्ञापनपत्रमा, जेष्ठ नागरिकको स्वास्थ्य उपचारको लागि प्रत्येक आर्थिक वर्षमा हुने सुविधा, ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई गंगालाल अस्पतालमा मुटु सम्बन्धी रोगको उपचारका लागि गरिबीको सिफारिशका आधारमा १ लाख रुपैयाँसम्म छुटको व्यवस्था हुनुपर्ने उल्लेख गरिएको छ ।

जेष्ठ नागरिकको सम्मान र सभ्यताको पहिचानका लागि जेष्ठ नागरिक कानुनी शिक्षा सचेतना पुस्तिका २०७५ को समाज कल्याण परिषद् अन्तर्गत राष्ट्रिय जेष्ठ नागरिक कोषबाट निःशुल्क पुस्तिकाको प्रकाशन एवं निःशुल्क वितरणलाई शीघ्र कार्यान्वयनमा ल्याउन माग गरिएको छ । यसका साथै जेष्ठ नागरिकमाथि हुने विभेदजन्य अभिव्यक्ति, पारिवारिक दुव्र्यवहार, हिंसाचक्र, आय–आर्जन वा धनसम्पत्तिको विषयलाई लिएर जेष्ठ नागरिकमाथि गरिने नराम्रा व्यवहार, आपसी विश्वासमा कटुता र निर्भरताको अन्त्यको अवस्थाको कुरामा जोड दिइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes