सामूहिक बलात्कारको आरोपमा मोरङ प्रहरीद्वारा ४ जना पक्राउ - Pahilo Online

सामूहिक बलात्कारको आरोपमा मोरङ प्रहरीद्वारा ४ जना पक्राउ

writer

मोरङ — एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा आइतबार बिहान ४ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका–५ का २० वर्षीय सुरेश थानदार, २५ वर्षीय कमल पुरी, बेलबारी–५ का २२ वर्षीय सन्तोषकुमार माझी र २२ वर्षीय प्रकाशकुमार थारु भएको जिल्ला प्रहरी कार्यालय मोरंङले जनाएको छ ।

प्रहरीले आइतबार अपरान्ह पत्रकार सम्मेलन गरी आरोपीहरुलाई सार्वजनिक गरेको छ । उनीहरुले ग्रामथान गाउँपालिका–७ स्थित केरा घारीमा शनिबार राति साढे ९ बजे ती किशोरीलाई झुक्याएर लागि बलात्कार गरेको मोरङ प्रहरीका प्रमुख (एसपी) विश्व अधिकारीले जानकारी दिए । ती पीडित किशोरी सुन्दर हरैंचा नगरकी हुन् । ‘चिनेका एक जनाले किशोरीलाई गफ गर्नुछ भन्दै केरा घारीमा लगेर बलात्कार गरे, पछि अन्य तीन जना पनि यो अपराधमा सामेल भए,’ एसपी अधिकारीले भने,‘किशोरीको शारीरिक एवं मानसिक अवस्था चिन्ताजनक छ ।’ एसपी अधिकारीका अनुसार पीडित पक्षले राति १ बजे खबर गर्नासाथ ईलाका प्रहरी कार्यालय हरैंचाबाट खटिएको टोलीले बिहान नहुँदै आरोपीहरुलाई पक्राउ गरेको थियो ।

यसअघि बसभित्र १५ बर्षीय बालिकालाई बलात्कार गर्ने मोरंङ रंगेली–३ का बस चालक ३७ वर्षीय किरण खड्का र उर्लाबारी–४ का सहचालक १९ वर्षीय सन्तोष न्यौपानेलाई २२ भदौको मध्यराति प्रहरीले पक्राउ गरेको थियो । धनकुटा घर भएकी ती बालिका आफन्तको घरमा बस्दै आएकी थिइन् । भदौमा बलत्कारका १० र बलत्कार प्रयासका ६ मुद्दा दर्ता भएको एसपी अधिकारीले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes