महिला जागृति सामुदायीक वन उपभोक्ता समुहको १२ औँ वार्षिक साधारण सभा सम्पन्न - Pahilo Online

महिला जागृति सामुदायीक वन उपभोक्ता समुहको १२ औँ वार्षिक साधारण सभा सम्पन्न

writer

Santosh Khaling Rai

पथरीशनिश्चरे–मोरङको पथरीशनिश्चरे वडा नं ४, ८ र ९ मा फैलिएर रहेको महिला जागृति सामुदायीक वन उपभोक्ता समुहको १२ औँ वार्षिक साधारणसभा आज (आइतबार) वडा नं ९ मा रहेको कार्यलयमा सम्पन्न भएको छ।

वनका सचिव तुलसीराम श्रेष्ठले प्रस्तुत गरेको लेखापरीक्षक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७५, २०७६ मा आय ४३ लाख ५९ हजार ८ सय १७ रुपैँया २ पैसा त्यसैगरी व्ययतर्फ वनकार्यलयको नियम अनुसार र कार्ययोजनामा उल्लेख भएअनुसार आम्दानीलाई कार्यलय सञ्चालन तथा सामाजिक विकाशतर्फ ४० प्रतिशत, गरिबी निवारण कोषमा ३५ प्रतिशत र वन विकाशमा २५ प्रतिशत खर्च गरिएको मा प्रतिशत आधारभन्दा केहि शिर्षकमा खर्च रकम घटी बढी भएको उल्लेख छ। २ लाख २६ हजार ४ सय ५८ रुपैँया ८ पैसा राष्ट्रिय वाणिज्य बैंक पथरीमा जम्मा रहेको र १ लाख ९ हजार १ सय ५६ रुपैँया ७७ पैसा कोषाध्यक्षसंग रहेको जानकारी दिए।

आर्थिक वर्ष २०७६, २०७७ का लागि वनले २७ लाख २० हजार रुपैया बजेट अनुमान गरिको छ। वनकार्यलयको नियम अनुसार कार्यलय सञ्चालन तथा सामाजिक बिकाशमा ४० प्रतिशत १० लाख ८८ हजार, गरिबी न्यनिकरण खर्च ३५ प्रतिशत ९ लाख ५२ हजार र वन बिकाश कार्यक्रम खर्च २५ प्रतिशत ६ लाख ८० हजार छट्याइएको छ।

वनकी अध्यक्ष चन्द्रकला राईको सभापतित्वमा सम्पन्न सभामा प्रमुख अतिथि सव–डिभिजन वन कार्यालय कानेपोखरीका प्रमुख, बिशिष्ट अतिथिहरुमा पथरीशनिश्चरे नगरपालिका वडा नं ४ का वडा अध्यक्ष गोविन्द बहादुर भण्डारी, वडा नं ८ का अध्यक्ष बाबुराम दाहाल, पथरीशनिश्चरे नगर वन महासघंका अध्यक्ष रविन्द्र कुमार राई, वडा नं ९ का वडा सदस्य निर्मला गदाल रहेका थिए। त्यसैगरी अतिथिहरुमा पशुपति सामुदायीक वनका अध्यक्ष ईश्वर चौहान, श्रृजङ्गा धार्मिक वनका अध्यक्ष गंगा साँवा र सीता ६ धारे सामुदायीक वनका अध्यक्ष शान्तिराम खड्काको उपस्थिति रहेको थियो।

२०६० सालमा स्थापना भएको सामुदायीक वनमा हाल ४९५ घरधुरी उपभोक्ता सँख्या रहेको छ। सामुदायीक वनको संरक्षण थप उपभोगमा रहेको राजमार्ग दक्षिण ७६.१७ हेक्टर र राजमार्ग उत्तर ५५.२९ हेक्टर गरी वन क्षेत्रफल गरी १३१.४६ हेक्टर क्षेत्रफलमा रहेको वनको उत्तरतर्फ संरक्षित वन क्षेत्रबाट ४५ हेक्टर थप गर्नको लागि कार्ययोजना स्विकृत गर्न सम्बन्धित वनकार्यलय मार्फत जि.पि.एस गरी आवश्यक प्रकृया ईन्भेन्टी समेत गरी अघि बढेको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes