संविधान दिवशको अवसरमा सोलुखुम्बु जिल्ला खुला दिसामुक्त जिल्ला घोषणा - Pahilo Online

संविधान दिवशको अवसरमा सोलुखुम्बु जिल्ला खुला दिसामुक्त जिल्ला घोषणा

writer

सोलुखुम्बु– संविधान दिवसको अवसर पारेर सोलुखुम्बु जिल्लालाई मुलककै ७६ औ खुला दिशामुक्त जिल्ला घोषणा गरिएका छ। सोलुखुम्बुका संघिय सांसद हेमकुमार राई (शुरबीर)ले जिल्लालाईनै खुला दिशामुक्त क्षेत्र घोषणा गरेका हन्। सोलुदुधकुण्ड नगरपालिकाको तीनवटा वडा खुला दिशामुक्त क्षेत्र घोषणा हुन बाँकी थियो।

शुक्रबार एकै पटक नगरपालिका र जिल्लालाई खुला दिशामुक्त घोषणा गरिएको हो। सरकारले असोज १३ गते नेपाललाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम तय गरेपछि सोलुखुम्बुलाई पनि बाध्यत्मक अवस्था सृजना भएको हो। जिल्लाको नगरपालिका क्षेत्रमै सार्वजानिक सौचालय निर्माण नभएको स्थानीयले गुनासो गरेका छन्।

संविधान दिवस र खुला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रम एउटै मञ्चमा गरिएको थियो। सोही अवसरमा सन् २०३० सम्म जिल्लालाई पुर्ण सरसफाई युक्त जिल्ला घोषणा गर्ने प्रतिबद्धता पत्रमा समेत हस्ताक्षर गरिएको छ। संघिय सांसद हेमकुमार राई (शुरबीर), प्रदेश सांसद उत्तम कुमार बस्नेत, समन्वय प्रमुख बीर कुमार राई र नेकपा प्रदेश नम्बर १ का संसदिय दलका प्रमुख सचेतक समेत रहेका प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीले उक्त प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका हुन्।

जिल्ला स्थीत राजनितिक दलका प्रमुख, प्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा कर्मी, सञ्चारकर्मी लगाएतको उपस्थितिमा ¥यालीसमेत निकालिएको थियोे। सल्लेरीको नयाँबजार देखी सुरु भएको उक्त ¥याली समन्वय समितिको प्राङ्गनमा पुगेर सकिएको थियो। कार्यक्रमको अवसरमा शेर्पाजातीको श्याबु्र, नेवारको लाखे लगाएत कल्चर झल्कने नृत्य र विभिन्न विद्यार्थीहरुले राष्ट्रभक्ति गीतमा नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes