पथरीशनिश्चरे नगरद्वारा २ जना संविधानसभा सदस्यलाई सम्मान - Pahilo Online

पथरीशनिश्चरे नगरद्वारा २ जना संविधानसभा सदस्यलाई सम्मान

writer

पथरी–संविधान दिवशका अवसरमा ३ दिने कार्यक्रमको अन्तिम दिन मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले नगर क्षेत्रमा बसोबास गर्ने २ जना संविधानसभा सदस्यलाई आज सम्मानित गरिएको छ ।

पहिलो संविधानसभा सदस्य ०६४ का लालबहादुर सुस्लिङ मगर र दोस्रो संविधानसभा सदस्य ०७० का चण्डीप्रसाद राईलाई संविधान निर्माणमा पुर्याएको योगदानको कदर गर्दै दोसल्ला र सम्मानपत्रले सम्मानित गरिएको हो । तत्कालिन मोरङ निर्वाचन क्षेत्र नम्वर २ बाट नेकपा माओवादीमार्फत सुस्लिङ र तात्कालिन नेकपा एमालेमार्फत राई संविधानसभा सदस्य निर्वाचित बन्नु भएका थिए। नगर प्रमुख दिलिपकुमार राई र उपप्रमुख यमुना विष्ट वास्तोलाले उनीहरुलाई सम्मानित गरेका थिए ।

सो क्रममा सभासद द्वयले संविधान निर्माणका क्रममा अतिवादीहरुसँग संघर्ष गरेर जनताको सर्वाेपरी हितको संविधान बनाउन लागि परेका घटनाक्रमहरु सुनाउनु भएको छ । शासकलाई यो संविधानले सहि दिशाबोध गराएर देश र जनताको उन्नती गर्न सक्ने उनीहरुले बताए। उनीहरुले लामो समय सामन्तीतन्त्र, बेथिती, भ्रष्टाचार तथा गरिवीमा जकडिएको मुलुकलाई २ वर्षमै आमुल परिवर्तन गर्न नसकिने भएकाले जनताको सवै अपेक्षा तत्कालै पुरा हुन भइनसकेको चर्चा समेत गरेका थिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes