मुर्ति सेलाउन गएका उराँव मृत अवस्थामा फेला - Pahilo Online

मुर्ति सेलाउन गएका उराँव मृत अवस्थामा फेला

writer

मोरङको कटहरी गाँउपालिकामा रहेको सुखानी खोलामा विश्वकर्माको मुर्ती सेलाउन गएका कटहरी ५ का ४० बर्षिय जोग नारायण उराँव मृत अवस्थामा फेला परेका हुन् ।

असोज १ गते मनाइएको विश्वकर्मा पुजाको बिहीबार साँझ मुर्ती सेलाउन गएका उनी खोलामा डूबेर बेपत्ता भएका थिए । कटहरी–५ कै सुखानी पुल नजिक अन्य ब्यक्तीहरुसंगै खोलामा पसेका उनी डूबेर बेपत्ता भएका थिए ।

उराँव डूबेको भएपनि संगै गएका अन्यले थाहा पाउन सकेका थिएनन् । उनि डूबेको ठाँउभन्दा २ किलोमिटर दक्षिण सोहि खोलामा मृत भेटिएको वडानम्बर ५ का वडाध्यक्ष घनश्याम सिंहले जानकारी दिए ।

शुत्रबार बिहान जीतिया पर्वकालागि महिलाहरु खोलामा नुहाउन गएको बेला उनीहरुले बग्दै गरेको शव देखेर प्र्रहरीलाई खबर गरेका थिए । मोरङ प्रहरीले शवको मुचुल्कागरि पोष्टमार्टमकालागि कोशी अस्पताल लगिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes