अबिरल बर्षासंगै आएको बाढीका कारण १ न. प्रदेशमा १ जनाको मृत्यु, १२ घर डुवानमा - Pahilo Online

अबिरल बर्षासंगै आएको बाढीका कारण १ न. प्रदेशमा १ जनाको मृत्यु, १२ घर डुवानमा

writer

मोरङ – २ दिन देखीको अबिरल बर्षा संगै आएको बाढी तथा पहिरोमा परी १ नम्बर प्रदेशका बिभिन्न स्थानमा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका यसैगरी बाढीका कारण १२ घर डुवानमा परेका छन् ।

संखुवासभा संखुवासभाको मकालु गाउँपालिका ६ बस्ने बर्ष २६ की शुकमाया राईको खोलाले बगाएर मृत्यु भएको छ । गत सोमबार अपरान्ह ४ बजेको समयमा शुकमाया राई सहित अन्य ४ जना आफन्तको घर गएर फर्कने क्रममा सिलिचोङ गाउँपालिका ५ र मकालु गाउँपालिका ६ को बिचमा पर्ने पोखुवा खोला तर्ने क्रममा अचानक पानीको भेल आई शुकमायालाई खोलाले बगाएको थियो । घटनाबारे आफन्तले ईलाका प्रहरी कार्यालय याफुमा जानकारी गराउनासाथ प्रहरीको टोलि खटि गई खोजतलाश गर्दा मकालु गाउँपालिका ६ स्थित पोखुवा दोभानमा शुकमायाको लाश फेला परेको थियो ।

यसैगरी अबिरल बर्षाका कारण संखुवासभाको सिलिचोङ गाउँपालिका ३ का अर्जुन राईको घर भत्कदा बिस्थापित भएका छन् । बर्षाका कारण घर भत्किएर पुर्ण रुपमा क्षति हुँदा बिस्थापित भई आफ्नै गोठघरमा बसेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

उदयपुरमा अविरल बर्षा संगै आएको बाढी गाउँ पस्दा उदयपुरको बेलका नगरपालिका ३ निशानटोल सातपत्रेका १२ घर डुवानमा परेका छन् । स्थानीय गिदेरी खोलाको बाढी गाउँ पस्दा उक्त टोलका १२ घर डुबानमा परेका हुन् । यसैगरी उदयपुरको चौदण्डीगढी नगरपालिका(३ को काली खोलाले को १ च ६४२० नम्बरको मारुति भ्यानलाई बगाउदा क्षति भएको छ । उक्त भेनमा सवार ३ जनाको सकुशल उद्धार गरिएको छ भने भेनलाई खोलाबाट बाहिर निकाली खोला किनारामा राखिएको छ ।

त्यस्तै त्रियुगा नगरपालिका ३ मा रमानन्द शाहले संचालन गरेको किराना पसलमा भेल पस्दा करिव ६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । यसैगरी बेलका नगरपालिका ६ घारे खोलाको बाढीले हाईड्रोपावर बगाउदा १५ घर परिवारको बिद्युत अबरुद्ध भएको छ भने उक्त बाढीले स्थानीय मान बहादुर राईले पालेका ५ वटा सुँगुर र १ वटा गोरु बगाएको ईलाका प्रहरी कार्यलय रामपुर ठोक्सिलाले जनाएको छ ।

झापाको माईखोलामा आएको बाढीले कटान गर्दा जोखिममा परेका झापाको शिवसताक्षी नगरपालिका १० बानडाँडा सुकुम्वासी टोलमा रहेका ३ घर परिवारलाई अन्यत्र सारिएको छ । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय झिलझिले र अस्थायी प्रहरी चौकी माईधारबाट खटिएको प्रहरी टोलीले ३ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes