भिरबाट बोलेरो अरुणमा खस्दा ६ जना बेपत्ता - Pahilo Online

भिरबाट बोलेरो अरुणमा खस्दा ६ जना बेपत्ता

writer

संखुवासभा – संखुवासभाको धर्मदेवि नगरपालिका ८ स्थित अक्कर भिरमा खाँदबारीबाट धरान तर्फ आउदै गरेको को १ ज ३७४९ नम्बरको बोलेरो गाडि सडकबाट तल झरि दुर्घटना हुदा ६ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा संखुवासभाको खादबारी नगरपालिका ९ ढुङगेधारा बस्ने बर्ष २४ को संगम श्रेष्ठ उनकै श्रीमती बर्ष २३ को सदिछा श्रेष्ठको अढाई महिनाको छोरा समिर श्रेष्ठ, बर्ष २४ का प्रमेश थापा मगर , उनका भिनाजु जिल्ला खोटाङ मास्तीम घर भई हाल खादबारी नगरपालिका ९ ढुङगेधारा ससुरालीमा बस्दै आएका बर्ष २९ का खबरमान पिठाकोटी र बुलेरोका चालक बर्ष २५ को सन्तोष बि.क रहेका छन् ।

मंगलबार राती पौने ११ बजेको समयमा बिरामी बोकेर उपचाराको लागी आउदै गर्दा भिरबाट खसेको बुलेरो अरूण नदिमा डुबेर बेपत्ता भएको छ । घटनाबारे जानकारी पाउनासाथ तत्काल ईलाका प्रहरी कार्यालय आँखिभुइ, जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरीको टोली खटि खोजतलाश कार्य गरीरहेको जिल्ला प्रहरी कार्यालय संखुवासबाले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes