१ नम्बर प्रदेशसरकारद्धारा जिल्ला प्रहरी कार्यालय मोरङलाई सिसि टिभि हस्तान्तरण - Pahilo Online

१ नम्बर प्रदेशसरकारद्धारा जिल्ला प्रहरी कार्यालय मोरङलाई सिसि टिभि हस्तान्तरण

कुल १ करोड १४ लाखको लागतमा जम्मा १५५ थान सिसि टिभि जडान

writer

मोरङ – प्रहरी सेवालाई प्रबिधीमैत्री बनाई समाजमा घटने अपराधलाई न्युनिकरण तथा नियन्त्रण गर्न, अपराधको बस्तुनिष्ठ अनुसन्धान गर्न तथा शान्तिशुब्यबस्था कायम गर्न १ नम्बर प्रदेशसरकारको सहयोगमा जिल्ला प्रहरी कार्यालय मोरङले जिल्लाका बिभिन्न स्थानहरुमा कुल १ करोड १४ लाखको लागतमा जम्मा १५५ थान सिसि टिभि जडान गरेको छ । आज(सोमबार) बिहान पौने ९ बजेको समयमा जिल्ला प्रहरी कार्यालय मोरङको प्राङगणमा एक कार्यक्रमको आयोजना गरी कार्यक्रमका प्रमुख अतिथी माननिय मुख्यमन्त्री शेरधनराईले सिसि टिभिको उदघाटन गरेका थिए ।

उदघाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्रीराईले समाजमा हुने सबै प्रकारका अपराधहरुमा सिसि टिभिको निगरानिका कारण उल्येख्य मात्रामा सफलता हासिल हुनुका साथै प्रदेश भरीनै शुसासन कायम हुने बिश्वास ब्यक्त गरे । उनले जनतालाई शान्ती र सुरक्षाको प्रत्याभुती दिलाउनुनै आजको प्रमुख आवश्यकता भएकाले प्रत्येक शुरक्षा निकायहरुलाई बिभिन्न कार्यक्रमहरुको माध्यमबाट जनतासंग प्रत्यक्ष रुपमा जोडिदै लगिएको समेत बताए ।

यसैगरी मन्तब्यको क्रममानेपालप्रहरीकाप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अहिलेको २१ औ सताब्दिमा सुरक्षा प्रणालीलाई प्रबिधी मैत्री बनाउनुका साथै अपराध अनुसन्धान, नियन्त्रण र रोकथामका लागी सिसि टिभि अपरीहार्य रहेकोरहेको समेत बताउनुभयो । कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले उपस्थित सम्पुर्ण अतिथिहरुलाई धन्यबाद दिदै अपराध रहित समाजको निर्माणका लागी प्रहरी र समाजको सम्बन्धनङ र मासुको जस्तै स्थापित हुनु पर्ने बताए । उनले आउदा दिनहरुमा सिसि टिभि जडान कार्यले प्रहरीलाई सहज रुपमा काम गर्ने बाताबरण प्रदान हुने बिश्वास समेत ब्यक्त गरे।

प्रदेश नम्बर १ सरकारको सहयोगमा मोरङ जिल्लाको सिमा तथा राजमार्ग क्षेत्रमा यसरी जडान भएको डिजिटल प्रणालीमा आधारित सिसि टिभीको निग्रानीबाट सुरक्षा र प्रविधीको अन्योन्याश्रोत सम्बन्धलाई जोड्दै अपराधको प्रकृति र आयाममा आएको आमुल परिवर्तनसंग सामान गर्न, प्रहरीको सेवा प्रवाहलाई आधुनिकीकरण र प्रविधियुक्त बनाई अपराध रोकथाम, न्युनिकरण, नियन्त्रण र अनुसन्धान गरी समाजमा शान्ती सुव्यवस्था कायम गर्ने कार्यमा थप सहजता र सफलताका लागी ठुलो सहयोग मिल्ने छ ।

कार्यक्रममा १ नम्बर प्रदेशका माननिय सामाजिक विकास मन्त्री जिवन घिमिरे, माननिय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश प्रसाद कुसायत, नेपालप्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल,राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुली, १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली,स्थानिय निकायका जनप्रतिनिधिहरु, पत्रकार,बिभिन्न बिधालयबाट आएका गुरुबर्ग तथा बिधार्थीहरु, स्थानिय भद्रभलाद्मी, बुद्दीजिबि, सर्बसाधारण लगायत अंदाजी ४०० जनाकोउपस्थितीरहेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes