देशकै नमुना हरियाली सामुदायिक वनको १४ औ वार्षिक साधारण सभा सम्पन्न, पथरीका २ पत्रकार सम्मानित - Pahilo Online

देशकै नमुना हरियाली सामुदायिक वनको १४ औ वार्षिक साधारण सभा सम्पन्न, पथरीका २ पत्रकार सम्मानित

writer

राजकुमारी तामाङ

पथरी–मोरङको पथरीशनिश्चरे २ मा रहेको हरियाली सामुदायिक वनको १४ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।वार्षिक साधारण सभाको अवसर पारी विभिन्न विधामा सम्मान तथा वार्षिक प्रतिवेदन पनि सार्वजनिक गरेको छ । यसै अवसरमा पथरीका २ पत्रकार सम्मानित भएका छन । पथरी एफ एम का प्रबन्ध निर्देशक मोहन भटराई र पत्रकार महा संघका केन्द्रिय पार्सद अर्जुन जमेली राई सम्मानपत्रले सम्मानित भएका छन । यस्तै वनको अति विपन्न उपभोक्ता ९ एकल महिला, दलित, जनजाती, अपाङग, असाहय गरी ३० जनालाई सालको खाट वितरण गरिएको छ ।

यसै अवसरमा जेष्ठ नागरिक ६ जनालाई पनि दोसल्ला सहित सम्मानपत्र द्वारा सम्मान गरीएको छ साथै पुर्व टोला प्रमुखहरुलाई पनि सोहि अवसरमा सम्मान गरिएको छ । यस्तै वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७५, ०७६ मा कुल आम्दानी १ करोड २५ लाख ६ हजार ९ सय २ रुपैया रहेको छ भने १ करोड १२ लाख ९९ हजार २ सय ७९ रुपैयाँ खर्च रहेको छ ।

 

पथरी एफ.एमका प्रबन्ध निर्देशक मोहन भटराई र पत्रकार महा संघका केन्द्रिय पार्सद अर्जुन जमेली राई सम्मानित हुदै

सो कार्यक्रममा नगरप्रमुख दिलिप कुमार राईको प्रमुख आथित्यता, जिल्ला डिभिजन वन कार्यलय मोरङका अधिकृत राम लखन ठाकुरको विशिष्ठ आथित्यता र सोही वनका अध्यक्ष काबुल ब. मगरको अध्यक्षता रहेको थियो । कार्यक्रमको बारेमा बोल्ने क्रममा मगरले आर्थिक वर्षमा अति विपन्न २ उपभोक्ता नर बहादुर चौहान र राम कुमार राईलाई घर निर्माण गरी हस्तान्तरण गरेको पनि बताएका छन ।

हरियाली सामुदायिक वन देशकै नमुना वन बन्दै गणेशमान सिंह सामुदायिक वन प्रथम राष्ट्रिय पुरस्कार २०७६बाट सम्मानित पनि भएको वन हो । देशभरका करिब २२ हजार सामुदायिक वनहरुलाई पछि पार्दै हरियाली सामुदायिक वन उत्कृष्ट बनेको थियो । २०५६ सालमा स्थापना भएको सो वनकोे क्षेत्रफल २४५.९४ हेक्टर रहेको छ भने वनमा हाल पथरीशनिश्चरे नगरपालिका वडा नम्बर २, ३ र ७ नम्बर वडाका १ हजार २८ घर धुरी उपभोक्ता सदस्यहरु आवद्ध रहेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes